सिद्धार्थ सेकेण्डरी स्कुल : उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा स्थापित विद्यालय

एलएन गच्छदार / सुन्दरहरैंचा  

मोरङको सुन्दरहरैंचा नगरपालिका–१० मा अवस्थित सिद्धार्थ सेकेण्डरी स्कुल आज प्रदेशकै नमुना विद्यालयको रूपमा परिचित बन्न सफल भएको छ। गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र समग्र विद्यार्थी विकासमा केन्द्रित व्यवस्थापनका कारण यस विद्यालयले अभिभावक तथा समुदायको विश्वास जित्दै आएको छ।

विद्यालयले “शिक्षा मात्र होइन, जीवन उपयोगी सीप” भन्ने अवधारणालाई आत्मसात गर्दै अतिरिक्त क्रियाकलापमा पनि सधैं अग्रस्थान कायम राख्दै आएको छ। यहाँका विद्यार्थीहरू शैक्षिक उपलब्धिसँगै खेलकुद, सांस्कृतिक कार्यक्रम तथा विभिन्न प्रतिस्पर्धात्मक गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उत्कृष्ट शैक्षिक नतिजा विद्यालयको पहिचानकै रूपमा स्थापित भएको छ।

अनुभवी र क्षमतावान शिक्षकहरूको टिम, विद्यार्थीमैत्री शिक्षण पद्धति तथा प्रविधिमैत्री कक्षाकोठाले सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाएको छ। प्रत्येक कक्षामा स्मार्ट बोर्डको व्यवस्था, आधुनिक कम्प्युटर ल्याब, विज्ञान तथा गणित प्रयोगशाला, सुविधा सम्पन्न पुस्तकालय, संगीत कक्षा र सेमिनार हलजस्ता पूर्वाधारले विद्यालयलाई समृद्ध बनाएको छ। साथै, साना बालबालिकाका लागि छुट्टै प्रि–स्कुल ब्लक र आकर्षक बाल बगैंचाको व्यवस्था गरिएको छ।

विद्यालयमा आफ्नै क्यान्टिन (चमेनागृह), सुरक्षित तथा सहज यातायात सुविधा र वातावरणमैत्री भौतिक संरचनाले अभिभावकलाई थप आश्वस्त बनाएको छ।

यस सफलताको मूलमा संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतको अथक संघर्ष, समर्पण र दूरदर्शी नेतृत्व रहेको छ। उहाँ भन्छन्, “शिक्षा भनेको केवल पाठ्यपुस्तकमा सीमित ज्ञान होइन, यो जीवनलाई सही दिशामा अगाडि बढाउने आधार हो। हाम्रो लक्ष्य विद्यार्थीलाई ज्ञानसँगै संस्कार, अनुशासन र व्यवहारिक सीप प्रदान गर्नु हो।”

उहाँका अनुसार विद्यालयको निरन्तर उन्नतिमा परिवार, विशेषगरी श्रीमतीको साथ, साथै शिक्षक, अभिभावक र विद्यार्थीहरूको सक्रिय सहयोग नै प्रमुख शक्ति हो। “हामी सबैको संयुक्त प्रयासले मात्रै विद्यालयलाई आजको उचाइमा पुर्‍याउन सम्भव भएको हो,” उनले थपे।

“शैक्षिक गन्तव्यको अर्को नाम” बन्न सफल सिद्धार्थ सेकेण्डरी स्कुलले देशका लागि सक्षम, अनुशासित र सिर्जनशील जनशक्ति उत्पादन गर्दै राष्ट्रिय गौरव बोकेको संस्थाको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *