रास्वपा झापाको नेतृत्वमा भण्डारी, क्षेत्रीय संरचनासमेत टुंगियो

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० झापाको पहिलो जिल्ला अधिवेशनले नयाँ जिल्ला तथा क्षेत्रीय नेतृत्व चयन गरेको छ। अधिवेशनबाट ओमनाथ भण्डारी जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

बिर्तामोडमा सम्पन्न अधिवेशनको मतपरिणामअनुसार भण्डारीले ३४१ मत प्राप्त गर्दै सभापति पदमा विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी लक्ष्मण बस्नेतले २४७ मत पाए भने अर्का उम्मेदवार अर्जुनकुमार मैनाली २५ मतमा सीमित भए।

उपसभापतिमा पुष्पलाल ढकाल २१० मतसहित निर्वाचित भए। सचिवमा विरोध सुवेदी ३६८ मत र सहसचिवमा भिमबहादुर कुँवर ३५२ मतसहित विजयी बनेका छन्। जातीय आधारतर्फको सदस्य पदमा राजनारायण राजवंशी २१२ मतसहित निर्वाचित भए।

खुला तथा महिला सदस्यतर्फ डिल्ली न्यौपाने, शान्तिमाया न्यौपाने र मुना सापकोटा निर्वाचित भएका छन्। उक्त पदमा ११ जनाबीच प्रतिस्पर्धा भएको थियो।

अधिवेशनले जिल्ला नेतृत्वसँगै क्षेत्रीय संरचनासमेत चयन गरेको छ। क्षेत्र नम्बर १ मा कमल गौतम, २ मा गोपाल कट्वाल, ३ मा कमल बानियाँ, ४ मा लिलामाया बस्नेत र ५ मा चुणामणि पाठक क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्।

नवनिर्वाचित नेतृत्वले संगठन विस्तार, सदस्यता वृद्धि तथा पार्टीका कार्यक्रमलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *