फोनिज मोरङमा अनिल श्रेष्ठ सर्वसहमत अध्यक्ष
फोनिज मोरङमा अनिल श्रेष्ठ सर्वसहमत अध्यक्ष , पहिचानको पक्षमा कलम चलाउदै आएकी लिम्बू सम्मानित
पथरी शनिश्चरे समाचारदाता ,पुस-२७ गते
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला अधिवेशनबाट अनिल श्रेष्ठ अध्यक्षमा सर्वसहमत निर्वाचित भएका छन् ।
समितिको उपाध्यक्ष बिजय खम्बू राई, सचिवमा विद्यानन्द चौधरी, सहसचिवमा संगीता राई, राजेश राजवंशी, कोषाध्यक्षमा सुरन्जन लिम्बू सर्वसहमत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा उषा सरदार, देवराज तामाङ, तृष्णा कुलुङ राई, सञ्जय राजवंशी रहेका छन् । त्यसैगरी लेखा समितिको संयोजकमा रामकुमारी राई, सदस्यमा राजकुमारी तामाङ र युवराज लिम्बू सर्बसहमत चयन भएका छन् ।
आयोजक समितिको संयोजक दिनेश सुब्बाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यतामा समापन भएको थियो ।
उद्घाटन कार्यक्रममा फोनिज संघीय अनुशान आयोगको प्रमुख अर्जुन जम्नेली राई, संघीय सदस्य सुजता लिम्बू, मोरङ जिल्ला इन्चार्ज भक्तशेर लिम्बू, प्रदेश सदस्य खनेन्द्र राई (अर्जुन), नेपाल पत्रकार महासंघ प्रदेश कोषाध्यक्ष समेत रहेका प्रेस चौतारी मोरङ जिल्ला अध्यक्ष सुदिप कोइराला, प्रेस युनियन जिल्ला अध्यक्ष बेदराज पौडेल, नेपाल पत्रकार महासंघका प्रदेश सचिवसमेत रहेका समाजवादी प्रेस संगठनका नेता धुर्व भट्टराई, प्रेस मञ्च जिल्ला अध्यक्ष मुकेश यादव लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
फोनिज जिल्ला समितिले संघका संघीय सदस्यसमेत रहेका पहिचानको पक्षमा निरन्तर कलम चलाउदै आएका सुजता लिम्बूलाई सम्मान गरेका छन् ।
कार्यक्रममा पथरी शनिश्चरे नगरका पर्यटन विकासमा सञ्चारकर्मीको भूमिका बिषयमा फोनिज प्रदेश समितिका पूर्ब उपाध्यक्ष फिपराज बेघाद्वारा कार्यपत्र प्रस्तुत भएको थियो । कार्यपत्रमा नगरमा रहेका पर्यटकीय क्षेत्रहरु, संभावना र चुनौतीहरु बारे उल्लेख छ । पर्यटकीय क्षेत्र विकासको लागि नगरपालिका र पर्यटनसम्बन्धी काम गर्दै आएका संस्थाहरुले बर्षमा कम्तिमा दुई वटा प्रचार प्रशारको कार्यक्रम राखिए अझ व्यापक हुने बताए ।
कोशी नाम खारेजी नभएसम्म आन्दोलन जारी रहने
फोनिज मोरङको जिल्ला अधिवेशनमा कोशी नाम खारेजी र मुकुमलुङमा केवलकार खारेजीबारे चर्चा चलेको छ । कार्यक्रमका बिषेश अतिथि अर्जुन जम्नेली राईले कोशी नामले प्रदेशबासीको साझा मनोविज्ञानको प्रतिनिधित्व गर्न नसक्ने भएकोले कुनैपनि हालतमा खारेजी हुनुपर्ने बताए ।
त्यसैगरी मुकुमलुङमा जबरजस्ति केवलकार निर्माण गरे विद्रोहहुने चेतावनी समेत दिइएको छ । मुकुमलुङ प्रदेशको साझा सम्पदा भएपनि एउटा व्यपारीलाई बिक्री गर्ने कार्य कदापी स्वीकार्य नहुने वक्ता अर्जुन जम्नेली राईको भनाइ थियो ।
