शिक्षाविद घिमिरेलाइ भब्य नागरिक अभिनन्दन गरिने : कार्यक्रम भब्य र सभ्य हुने

इटहरी । इटहरीमा रहेर लामाे समयदेखि सामाजिक , शैक्षिक तथा साहित्यिक क्षेत्रमा बिशेष याेग्दान पुर्याउने ब्यक्तित्व लेखनाथ घिमिरेलाई आगामी माघ २७ गते भब्य नागरिक अभिनन्दन गरिने भएकाे छ ।

अभिनन्दनलाई थप प्रभावकारी बनाउन बुधबार प्रचारप्रसार उपसमितीहरू बिस्तार गरिएकाे छ । इटहरीमा रहेका कृियाशिल सञ्चारकर्मीहरूलाइ समेटेर बनाइएकाे समितीका सदस्यहरूमा अनलाइन , टेलिभिजन , छापा र रेडियाेमा आवद्ध सञ्चारकर्मीहरू रहेका छन ।

यसकाे संयाेजक भने नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य अमर खडका रहेका छन । बुधबार हाेटल इन्टुरिस्टमा एक कार्यक्रम गर्दै प्रचारप्रसार उपसमितिमा रहेका सञ्चारकर्मीहरुलाई मनोनयन पत्र प्रदान गरिएको थियाे । शिक्षासेवी घिमीरेलाई नागरिक अभिनन्दन गर्नका लागि बरिष्ठ कवि अनिल पौडेलको संयोजकत्वमा लेखनाथ घिमीरे अभिनन्दन समिति वनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *