सकारात्मक चिन्तन र रचनात्मक जीवन बिषयमा एक दिने उत्प्रेरणामुलक तालिम

मानिसमा सकारात्मक चिन्तन र रचनात्मक जीवनशैलीबीच एकअर्कासँग अन्तरनिहित सम्बन्ध हुन्छ । त्यसैले सकारात्मक चिन्तन र रचनात्मक जीवनशैलीलाई दिगो रूपमा अपनाउन सक्ने व्यक्तिले नै सबै क्षेत्रमा सन्तुलन कायम राख्दै सबैको आशीर्वाद र शुभभावना प्राप्त गरी सुखद र आनन्दमय जीवनयापन गर्न सक्छ ।

सकारात्मक चिन्तन र रचनात्मक जीवन बिषयमा एक दिने उत्प्रेरणामुलक तालिम सुन्दरहरैंचा नगरपालिकामा रहेको नेपालिरिका होटेलमा सम्पन्न भएको छ।

सुन्दरहरैंचा उधोग बाणिज्य संघ, पाथिभरा स्वतन्त्र महिला समाज, इन्द्रपुर जेसिज, लायन्स कल्ब अफ इन्द्रपुरको संयुक्त आयोजनामा संचालन भएको उक्त कार्यक्रममा प्रमुख प्रशिक्षक तथा लाइफ कोच डा. राजु अधिकारीले सहजीकरण गरेका थिए।

उक्त कार्यक्रममा निबर्तमान नगरप्रमुख शिव प्रसाद ढकालले आफ्ना भनाई राख्दै सकारात्मक चिन्तन र रचनात्मक जीवनशैलीलाई दिगो बनाउन मानव स्वभावले नै महत्वाकांक्षी भएको र अनावश्यक महत्वकांक्षा कम गर्न तथा चिन्ता होइन चिन्तन गर्न र संयमता अपनाउन जोड दिए।

त्यस्तै कार्यक्रममा सहभागी भएका उधोगपति भोलेश्वर दुलालले देशको आर्थिक मन्दीका कारण ब्यबसायमा पर्न गएको थप पिडा , बैंकको चर्को ब्याजका कारण ब्यबसायीको मनोबल गिर्न नदिन यस्ता किसिमको कार्यक्रमले सकारात्मक उर्जा दिन र प्रोत्साहन मिल्ने बताए।

उक्त कार्यक्रममा बिभिन्न संघसंस्था लगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो भने प्रयोगात्मक सीप सिकाउन , सकारात्मक सोँचको बिकास गर्न, आत्म बिश्वासी बन्न आकर्षित गर्न र क्षमता अभिबृद्धि का विविध पक्षहरुलाई अनुकुल माध्यम अपनाएर अघि बढ्न तालिमबाट सहभागीलाई उर्जा मिलेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ