काभ्रेमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु 

काभ्रे । काभ्रेमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको हो ।  ज्यान गुमाउनेहरुको पहिचान  खुलिसकेको छैन । 

बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटनामा परेको हो । काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी १७ जनाको मृत्यु भएको हो । 

बसमा सवार कति थिए भन्ने यकिन नभएको पाण्डेको भनाइ छ ।  गृहमन्त्री बालकृष्ण खाणले दुर्घटनाका घाइतेहरुलाईरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्‍याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *