इलाम– १ मा पुन : मतदान माग गर्दै झलनाथले दिए सर्वोच्चमा रिट

इटहरी । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले इलाम–१ को निर्वाचन बदर गर्न माग राख्दै सर्वोच्च अदालतमा रिट दिएका छन् ।चुनावमा धाँधली गरेर प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै खनालले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

खनालले निर्वाचन आयोग, इलाम १ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी अनि संघीय संसद सचिवालयलाई समेत विपक्षी बनाएका छन् । यो क्षेत्रबाट खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *