मास्टर एण्ड मिस ब्लुमिंग २०८० अन्तर्गत अर्चित भट्टराई र रियाना ओझा
सुनसरी जिल्लाको इटहरी उपमहनगरपालिका – ६ जुट बिकास टोलमा रहेको ब्लुमीङ्ग किन्डरगार्टन मन्टेश्वरी स्कुलले १५ औं अभिभाबक दिवस मनाएको छ।
उक्त अभिभावक दिवसमा भएको मास्टर एण्ड मिस ब्लुमिंग २०८० अन्तर्गत २१ जना प्रतियोगी मध्ये मास्टर ब्लुमिंग अर्चित भट्टराई र मिस ब्लुमिंग रियाना ओझाले उपाधि पाएका छन्। त्यसै गरी फस्ट रनर बेबिसा लिम्बु , सुशोदीप अधिकारी तथा सेकेण्ड रनर अप सोनिप्सा कटुवाल र सक्षम मुरारका घोषित भए।
कार्यक्रममा शुभेच्छा कार्की र मेनुका माझीले निर्णायकरुपमा भूमिका निर्वाह गरेकी थिइन् । उक्त कार्यक्रममा उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख सुर्य प्रसाद सुबेदीको प्रमुख आथित्यता र बिधालयका संस्थापक अध्यक्ष मन्जु कोइरालाको सभाध्यक्षतामा सुरु भएको थियो।
इटहरीको पहिलो मन्टेश्वरी रहेको ब्लुमिंगले बिस २०६४ साल जेष्ठ २ गते ४ जना बिधार्थिबाट सुरु गरेको थियो। हाल शान्त बाताबरण, गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा हाल २ सय ६० भन्दा बढी बालबालिकाहरु पढ्दै आएका छन्। बिधार्थी नेतृत्व र व्यक्तित्व क्षमता अभिवृद्धि गर्न बर्षे पिच्छे बिबिध कार्यक्रम तथा ट्यालेंट सो कार्यक्रम गर्दै आएको र बिधार्थीलाई घोकन्ते शिक्षा नभएर प्रयोगात्मक माध्यमा शिक्षा दिदै आएको स्कुल प्रिन्सिपल स्मृति सापकोटा भट्टराई बताईन। प्लेग्रुप देखि कक्षा ८ सम्मको बिधालय सन्चाल स्विकृत भएपनि गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेर हाल कक्षा ५ सम्म संचालन भएको प्रिस्निपल सापकोटाले बताईंन।
मोरंग सुन्दरहरैंचा नगरपालिका वडा ४ घर भएकी अभिभावक मन्दिरा धमलाले आफ्नो नानीको उज्ज्वल भबिष्य र गुणस्तरीय, व्यहारिक शिक्षा दिदै आएकोले यो बिधालय रोजेको बताईंन।
५ जनाबाट संचालन गरेको यस मन्टेश्वरीमा १७ जना शिक्षा ११ जना बालबालिका रेखेदेख गर्ने कर्मचारी रहेका छन। बालबालिकामा आत्मविश्वास जगाउनु, परिवर्तित समाज एवं अन्य व्यक्तिहरूप्रति सकारात्मक सोच विकास गर्नु, चुनौती, बाधा तथा सफलतामा संवेगात्मक सन्तुलन कायम गर्न मद्दत पुर्याउनुका साथै सामाजिक तथा व्यावहारिक मूल्य–मान्यताका आधारमा व्यावहारिक ज्ञान प्रदान गर्नु र असल नागरिक हुने आधारशीला खडा गर्नुु मन्टेश्वरी शिक्षाको मूल उद्देश्य हो ।





