बिराटचौकमा श्री पप्पु स्विट्स शुक्रबारदेखि सञ्चालनमा

कार्तिक २४ गते

मोरङको सुन्दरहरैंचा नगरपालिकाको मुख्य बजार बिराटचौकमा पप्पु स्विट्स शुक्रबारदेखि सञ्चालनमा आएको छ । आजदेखि यमपन्चक सुरु भएको दिन अर्थात धतेरसको साइत पारेर सो पसलको उद्घाटन गरिएको कुरा सञ्चालक पप्पु साहले बताएका छन् ।

उपभोक्ताहरुको माग बमोजिम राम्रो सेवा दिइने कुरा सञ्चालक साह प्रतिबद्ध रहेको बताएका छन् ।

बिहानकाे समयमा राेटी पुरी ,आलुपराैठा,तथा ,म:म, चाउमिन, चाटका आईटमहरु साथै पिज्जा,बर्गर,तथा फ्राई राईस,आदि पाउनुका साथै मिष्ठानका परिकार पाईन्छ ।

सबै प्रकारका दुध र घ्युबाट बनेका शुद्ध र ताजा बिभिन्न आइटममा मिठाई तथा नास्ता पाउनुका साथै अर्डर बमोजिम खाना तयार गरिन्छ ।

साउथ एसियन खाना संगै बिबाह ब्रतबन्ध पार्टिका लागी टेण्ट हाउस, साउण्ड सेट समेत सेवा उपलब्ध गराउने बताए।

आधुनिक टेन्ट / पण्डाल कुनैपनि कार्यक्रममा टेन्ट, पण्डाल, कुर्सी, भाँडावर्तन तथा स्वादिष्ट पकवानको लागि कुक चाहिएमा उपलब्ध हुने संचालकले बताए।

बिराटचौकको एनआइसी एसिया बैंकको ठिक अगाडी लोकमार्ग नजिकै पुरानो रेडियो सारङ्गी रहेको भवनमा संचालनमा ल्याएको हो। उपभोक्ताले यस किसिमको सफा र मिष्ठान भण्डार बिराटचोकमा अभाव रहेको बताए ।

साह लेटाङमा २०५५ सालदेखि समेत लामो समय सम्म मिष्ठान बिभिन्न परिकारका लगायतको ब्यबसाय गर्दै आएका छन । लेटाङ र बिराटचोक गरी १५ जनालाई रोजगारी समेत दिएका छन भने माग अनुसार बिबिध कार्यक्रममा होमडेलिभरीको ब्यबस्था समेत हुने संचालकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *