उद्योग संगठन मोरङले विराट एक्स्पोमा १ हजार ८ सय जनालाई तालिम दिने

उद्योग संगठन मोरङले आयोजना गर्न लागेको विराट एक्स्पोमा १ हजार ८ सय जनालाई तालिम दिने तयारी गरेको छ । संगठनले माघ ११ गतेदेखि २० गतेसम्म विराटनगर महानगरपालिकाको वडा नं. १४ जतुवा स्थित डिग्री क्याम्पसको मैदानमा आयोजना गर्न लागेको विराट एक्स्पो २०२५ मा बेरोजगार युवालाई रोजगार उपलब्ध गराउने गरी तालिम दिन लागेको हो ।

संगठनका अध्यक्ष राकेश सुरानाले हस्पिटालिटी, आइटी र इलेक्ट्रिकलको क्षेत्रमा युवाहरूलाई रोजगार उपलब्ध गराउने गरी विराट एक्स्पोकै स्थलमा तालिम दिएर प्रमाणपत्र उपलब्ध गराउने जानकारी गराए ।

उद्योग संगठन मोरङले ३ करोड रुपैयाँ खर्च गरेर विराट एक्स्पो २०२५ को आयोजना गर्न लागेको छ । संगठनले भव्य रूपमा विराट एक्स्पोको आयोजना गर्न उपाध्यक्ष भोलेश्वर दुलाललाई संयोजक र कार्यकारिणी सदस्य पारस लुनियाँलाई सहसंयोजक तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *