सुन्दरहरैंचामा फोहोरमैला वर्गीकरण तथा ब्यवस्थापन सम्बन्धि अन्तरक्रिया
सुन्दरहरैंचा नगरपालिका १२ नं. वडा कार्यालयमा फोहोरमैला वर्गीकरण तथा ब्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। विभिन्न राजनीतिक दल, टोलबिकास समिति, उद्योग बाणिज्य संघ, होटल व्यवसायी, बिद्यालयका शिक्षक लगायत समाजका अगुवा ब्यक्तिहरुको उपस्थितिमा सोमबार अन्तरक्रिया सम्पन्न भएको हो । रेडियो सुसेली १०६.३ मेगाहर्जले कार्यक्रमको सहजीकरण गरेको थियो भने सो वडाले कार्यक्रम आयोजना गरेको थियो।
उक्त वडाको आयोजना भएको सो कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख अकली चौधरीले फोहर ब्यबस्थापन गर्न नगरले कार्यबिधी बनाएर अघि बढ्ने बताउदै यस किसिमको कार्यक्रम उपलब्धिमुलक हुने बताइन।

कार्यक्रममा सो वडाका अध्यक्ष रोशन ढकालले अन्तकृया कार्यक्रमबाट राम्रो सुझाबहरु प्राप्त गरेको बताउदैं फोहर ब्यवस्थापन गर्न जटिल बिषय भएको र जनचेतनामुलक कार्यक्रमले सहि सुचना दिएर अघि बढ्नु पर्ने धारणा प्रस्तुत गरे।
राजनीतिक दल तथा नेतागण, समाजसेवी, शिक्षक, संघसंस्थाहरुले सरसफाइ तथा फोहोरमैला ब्यबस्थापनलाई एजेन्डाकै रूपमा प्रस्तुत गर्नु पर्ने र नगरपालिकाले फोहोरमैला तथा सरसफाइ सम्बन्धि आवश्यक निति नियम बनाएर कार्यान्वयनमा लैजानु पर्ने आवश्यक छ ।
वडा १२ क्षेत्रफलको हिसाबले सानो भएनि जनसंख्याको हिसाबले बाक्लो रहेको भन्दै सबैभन्दा बढी फोहोर उत्पादन हुने क्षेत्र भएकोले आम नागरिकको सहयोग आवश्यकता रहेको धारणा सहजकर्ता बाबुराम निरौलाले प्रस्तुत गरे।

फोहोरलाई ब्यबस्थापन गर्न कसरी समाज निर्माणमा जुट आवश्यक रहेको रेडियो सुसेलिका अध्यक्ष रमेश खड्काले बताए।
सकेसम्म फोहोर कम निकाल्ने र निस्किएका फोहोरहरुलाई कुहिने, नकुहिने र सिसाजन्य फोहोर गरि घरमै वर्गीकरण गरेर राख्नु पर्ने उल्लेख अगुवाहरुले जोड दिएका थिए।