धरानबाट लागूऔषधसहित दुई जना पक्राउ

इटहरी । सुनसरीको धरान उपमहानगरपालिका–१६ नौलोबस्तीबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।ट्रामाडोल १२ हजार २ सय क्याप्सुल र स्पास्पेइन ५ सय ३० क्याप्सुलसहित दुबैलाई आइतबार राति पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा सोही ठाउँका २७ वर्षीय प्रभु साहसहित दुई जना रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।कोशी प्रदेश प्रहरी कार्यलय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ