चलचित्र ‘नाईं न भन्नू ल ६’ को पहिलो गीत ‘दिउँला माया’ सार्वजनिक

निर्देशक विकाशराज आर्चायद्वारा निर्देशित चलचित्र ‘नाईं न भन्नू ल ६’ को पहिलो गीत सार्वजनिक भएको छ ।ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सोमबार चलचित्रको ‘दिउँला माया’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा नव अभिनेता आशिर्वाद क्षेत्री र आँचल शर्मालाई फिचर्ड गरिएको छ । शरद शंकर र बेनिशा पौडेलको स्वर रहेको गीतमा निर्देशक आचार्यकै शब्द रहेको छ भने शरद शंकरले नै संगीत भरेका छन् ।

चलचित्रमा आँचल र आशिर्वादसँगै केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल र अथर्व उप्रेतीलगायतको अभिनय रहेको छ । अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुइँटेलका छोरा अथर्व यसै फिल्मबाट अभिनयमा डेब्यू गर्दैछन् । चलचित्रको कथा निर्देशक आचार्यसँगै सामिप्य तिमल्सेना, अरूणदेव जोशीले तयार पारेका हुन् । यो चलचित्र आगामी वैशाख १ गतेदेखि प्रदर्शन हुनेछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ