सलकपुरमा ऐतिहासिक सौन्दर्य थप्दै पूर्व प्रहरी निरीक्षक राजु खड्का
सलकपुरमा ऐतिहासिक सौन्दर्य थप्दै पूर्व प्रहरी निरीक्षक राजु खड्का
एलएन गच्छदार
सुन्दरहरैंचा/ माघ १८ गते
विदेशमा पुराना ऐतिहासिक घरहरूलाई heritage घोषणा गरी संरक्षण गरिन्छ, तर नेपालमा यस्तो अभ्यास निकै कम देखिन्छ। तर, मोरङ सुन्दरहरैंचा नगरपालिका वडा -८, सलकपुर बजारभित्र पूर्व प्रहरी निरीक्षक राजु खड्काले आफ्नै लगानीमा एक लोभलाग्दो घर निर्माण गरेर स्थानीय सौन्दर्यमा नयाँ आयाम थपेका छन्।
दैनिक रूपमा उक्त घर अवलोकन गर्न, तस्बिर खिच्न, र टिकटक बनाउन आगन्तुकहरू आउने गर्छन्। विशेष गरी, खड्काले निर्माण गरिदिनुभएको शिव मन्दिरले सलकपुर बजारको आकर्षण अझ बढाएको छ।
सुन्दरहरैंचा नगरपालिका निवर्तमान नगर प्रमुख शिव प्रसाद ढकालले समेत राजु खड्का र परिवारको साथमा तस्बिर खिच्ने अवसर भन्दै तस्वीर समाजिक संजलामा सार्वजनिक गरेका छन । यो निजि संरचनाले स्थानीय पर्यटन प्रवर्द्धनमा ठूलो योगदान दिइरहेको छ। सलकपुर बजारलाई नयाँ पहिचान दिलाउने खड्का परिवारको यो योगदान सराहनीय छ।

