एमाले सुन्दरहरैंचा नगर अध्यक्षमा हेमराज सुवेदीको उम्मेद्वारी
एमाले सुन्दरहरैंचा नगर अध्यक्षमा हेमराज सुवेदीको उम्मेद्वारी
सुन्दरहरैंचा, मोरङ — नेकपा एमालेको सुन्दरहरैंचा नगर अधिवेशनमा एमालेका पूर्व जिल्ला कमिटी सदस्य तथा लेखा आयोगका संयोजक हेमराज सुवेदीले अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् ।
सुवेदी लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै राष्ट्रिय वाणिज्य बैंक ट्रेड युनियनका राष्ट्रिय अध्यक्ष समेत रहि काम गरेका अनुभवी व्यक्ति हुन् । पार्टी र संगठन भित्र उनले विभिन्न जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गर्दै आएका छन् । उनले पार्टीप्रति निष्ठा, इमान्दारिता र नेतृत्व क्षमताका आधारमा नगर अध्यक्षको उम्मेद्वारी अघि सारेका हुन् ।
“पार्टीको सुदृढ संगठन र जनताको सेवा मेरा प्राथमिकता हुन्” सुवेदीले उम्मेद्वारी घोषणा गर्दै भने, “सहकार्य, समावेशीता र पारदर्शिताका आधारमा नेतृत्व गर्न म तयार छु।” यहि चैत्र २८ र २९ गते जेसिज भवन विराटचौकमा हुने एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन नगर अध्यक्ष मातृका प्रसाद ढकालको अध्यक्षता र केन्द्रिय उपाध्यक्ष गुरु बरालको प्रमुख आतिथ्यतामा उद्घाटन भएको छ । कार्यकर्ताहरू भित्र पनि नयाँ नेतृत्व चयनको चासो र उत्साह देखिएको छ । अधिवेशनले संगठनलाई नयाँ ऊर्जा र गति दिने अपेक्षा गरिएको छ।

यसै क्रममा एमालेका एकजना अधिवेशन प्रतिनिधिले भने – विभिन्न समुहमा बिभक्त एमाले सुन्दरहरैंचालाई एक बिन्दुमा अघि बढाउन कुशल व्यवस्थापकीय नेतृत्व प्रदान गर्न सक्ने हेमराज सुवेदी जत्तिको नेता पाउनु नै हाम्रा लागी सौभाग्य हो । तल्लो जनस्तर देखी जिल्ला, प्रदेश र केन्द्रिय पार्टीसम्म पहुँच पुर्याउन सक्ने, लामो समयको राजनीतिक संलग्नता रहदैं आफ्नो ठाउँमा सेवा गर्ने उत्साह सहित युवाहरुलाई पार्टी अभियानमा लिएर अघि बढेका भिजनरी नेता हेमराज सुबेदि हुन्, जसको कुनै विकल्प छैन ।
