एमाले सुन्दरहरैंचाको अध्यक्षमा ढकाल र सुवेदी आमने–सामने, नगर अधिवेशनले ल्याउनेछ शक्ति सन्तुलनमा नयाँ मोड

एमाले सुन्दरहरैंचाको अध्यक्षमा ढकाल र सुवेदी आमने–सामने, नगर अधिवेशनले ल्याउनेछ शक्ति सन्तुलनमा नयाँ मोड
एलएन गच्छदार
सुन्दरहरैंचा

चैत २८ गते हुन लागेको नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटीको दोस्रो नगर अधिवेशनलाई लिएर नेतृत्व चयनमा व्यापक सरगर्मी देखिएको छ। अध्यक्ष पदका लागि डिल्लीप्रसाद ढकाल र हेमराज सुवेदीबीच कडा प्रतिस्पर्धा हुने निश्चित भइसकेको छ।

सुवेदी पक्षले पहिले नै आफ्नो प्यानल सार्वजनिक गर्दै चुनावी अभियानलाई तीव्रता दिइसकेको छ। उनले अनुभव र संगठनप्रतिको निष्ठालाई आफ्नो प्रमुख हतियार बनाएका छन्। अर्कोतर्फ, ढकाल पनि प्यानलको अन्तिम रूप दिँदै तीव्र रूपमा गृहकार्यमा जुटेका छन्। उनको पक्षले संगठनमा युवाको प्रतिनिधित्व र कार्यशैलीमा नविनता ल्याउने दाबी गरेको छ।

अधिवेशनले संगठनको शक्ति सन्तुलनमा नयाँ मोड ल्याउने विश्लेषण गरिएको छ। स्थानीय कार्यकर्ता, समर्थक र नेताहरूमा विशेष चासो र उत्साह देखिएको छ। दुबै पक्ष आ–आफ्नो रणनीति अनुसार मतदाता आकर्षित गर्न जनसंपर्क र छलफल कार्यक्रमहरूमा होमिएका छन्।

एमालेको यो अधिवेशनले नेतृत्व छनोटका साथसाथै भावी रणनीति र संगठनात्मक निर्माणलाई समेत नयाँ दिशा दिने अपेक्षा गरिएको छ। अब कुन पक्षले बाजी मार्ने भन्ने टुंगो भने अधिवेशनको दिनमै लाग्नेछ, तर प्रतिस्पर्धा रोमाञ्चक र नतिजा संगठनको भावी गतिका लागि निर्णायक हुने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *