पथरीमा ससुराको हत्यारा ज्वाइँ रविन प्रहरीद्वारा सार्वजनिक


पथरिशनिश्चरे, समाचारदाता , असाेज-७ गते
मोरङको पथरीशनिश्चरेमा ससुराको हत्या गरी फरार ज्वाइँलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
आज जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले ईलाका प्रहरी कार्यालय पथरीमा पथरी शनिश्चरे –७ मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या गरी फरार भएका उनकै ज्वाइँ २७ वर्षीय रविन राईलाई सार्वजनिक गर्नु भएको हो।
उहाँले ससुराको हत्यामा उनकै ज्वाइँ रविन सम्लग्न भएको अनुसन्धानबाट खुलेको जानकारी दिनु भयो ।
पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको उपस्थितिमा अभियुक्त राईलाई सार्वजनिक गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय धनकुटा र इलाका प्रहरी कार्यालय पथरीको संयुक्त टोलीले हिजो आईतबार बिहान १० बजे धनकुटाको सागुरीगढी -८ आहाले भन्ने ठाँउमा चेकजाँच गर्ने क्रममा निज राईको पक्राउ गरिएको एस पी कार्कीले जानकारी दिनुभयो ।
गत असोज ४ गते शुक्रवार राति मादक पदार्थ सेवन गरी ज्वाइँ रविनले ससुरा तामाङको हत्या गरी
भागेर धनकुटास्थित आफ्नो दाईको घर हिँडेको अभियुक्त राईले ससुराको हत्या गरेको अनुसन्धानबाट खुलेको छ।
मदिरा सेवन गरी बाम्फोक प्रहार गरेर शुक्रबार राति नै ससुराको हत्या गरेको अनुसन्धानबाट खुलेको छ।निजलाई थुनामा राखी जिल्ला अदालत मोरङबाट थप ४ दिनको म्याद थप्न गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयाे।
प्रहरीले वृद्ध चन्द्रबहादुर तामाङको हत्या गरिएको अवस्थामा शनिबार बिहान ७ः२० बजेतिर आफ्नै घरको प्यासेजमा रगतमा डुबिरहेको अवस्थामा तामाङको शव फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *