सुन्दरहरैचामा विद्यार्थीमाथि निर्घात कुटपिट,कुट्ने शिक्षकलाई जिम्मेवारीबाट हटाईयो

योगेन्द्र योगी

बिराटनगर : मोरङको सुन्दरहरैँचा एक विद्यार्थीमाथि निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ। सुन्दरहरैचा नगरपालिका -१० खोर्सानेमा रहेको बाल प्रतिभा बोर्डिङ स्कुलका शिक्षक विजय राईको कुटाइबाट कक्षा ६ मा अध्ययनरत विद्यार्थी घाइते भएकी छन् ।

ती विद्यार्थीलाई शिक्षक राईले पाइपले निर्घात कुटपिट गर्दा शरीरका विभिन्न भागमा चोट लागेको फोटो सर्वजनिक भएपछि घटना बाहिर आएको हो। संखुवासभाको चिचिला गाउँपालिका–२ घर भएका शिक्षक राई सुन्दरहरैँचा–१२ मा बस्दै आएका छन् ।

उनले बाल प्रतिभा बोर्डिङ गणीत विषय पढाउने गरेको र उनले असोज ४ गते शुक्रबार लेखाई गल्ती भएको र नपढेको भन्दै पाइपले कुटपिट गरेको बताईएको छ। शिक्षक राईले अन्धाधुन्ध शरीरमा कुटपिट गरेपछि घाइते भएकी ती विद्यार्थीलाई विराटचोकस्थित सुकुना सामुदायिक अस्पतालमा उपचार गराइएको थियो ।

पिडित परिवारले बिद्यालयले जबर्जस्ती मिलापत्र गराएको आरोप लगाई रहेको बेला बाल प्रतिभा बोर्डिङ स्कुलका प्रिन्सिपल गणेश प्रसाद दाहालले भने आफू सामान्य घटनाको समाचार बाहिर आउछ भनेर थाहा नपाएको बताए।

‘यो हामीलाई सामान्य घटना जस्तो लाग्थ्यो फेरि अहिले परिवार हामीसँगै हुनुहुन्छ ती कुटाई खाने विद्यार्थी स्कुल आई रहेकी छिन, प्रिन्सिपल दाहालले भने,’ अब समाचार बाहिर आई हाल्यो स्कुलको बेईजेत भैहाल्यो अब के नै पो गर्न सकिन्छ र ?’

ती विद्यार्थी कुट्ने शिक्षक राईले भने घटना घटेको थाहा पाएपछि स्कुल जिम्मेवारीबाट हटाईसकेको उनले बताए। हामीले कुट्ने शिक्षकलाई अब पुन: बिद्यालयमा फर्किन नपाउने गरी हटाएका हौ,उनले थपे।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *