के गर्दैछ सुन्दरहरैचामा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी संस्था ?कति छन् कृयाशील सदस्य ?
बिराटनगर : मोरङको सुन्दरहरैचा नगरपालिका– १० स्थित खोर्सानेमा रहेकाे हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाको छवि र प्रभाव राम्रो छ। २०५९ सालमा स्थापना भएको हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाले आजको दिनसम्म आइपुग्दा राम्रो प्रगति गर्दै आएको छ।
पछिल्लो समय सहकारी काण्डका विभिन्न घटनाहरु बाहिर आईरहेको बेला यो सहकारीले भने उत्कृष्ट कार्यहरु गर्दै आएको छ। बित्तिय स्वास्थ्यमा सबल बन्दै गएको संस्थाले ५ करोड ९५ लाख शेयरपुजी रहेको भने १ हजार ६ सय ९३ कृयाशील सदस्य संख्या रहेको छ।
सदस्यहरुको आर्थिक सामाजिक, सांस्कृक्तिक आदी विकासको लागी महत्वपूर्ण भूमिका रहने भए तापनि सरकारको परिवर्तित नीति, नियामक निकायको भूमिका तथा केही सहकारी संस्थाहरुका व्यक्तिहरुद्वारा घटाईएका दुर्घटनाले चुनौतिपूर्ण बन्दै गएको संस्थाका अध्यक्ष अर्जुन बस्नेतले बताए ।
सरकारको अस्थिरता, देशमा भएको आर्थिक मन्दिको प्रभावका कारण अझ बढी चुनौति थपिएको महसुस गरिएको भएपनि संस्थाले राम्रो काम गरिरहेको अध्यक्ष बस्नेतले बताए । हातेमालो बहुउद्देश्यीय सहकारी संस्था एकिकृत भई सकेपछि आर्थिक कारोवारलाई बृहत्त बनाउदै बहुउद्देश्यीय कारोबारको क्षेत्र बढाउदै लगेको उनले बताए ।
सदस्यहरु सँगको भावनात्मक सम्बन्धलाई मजबुत बनाउन वार्षिक क्यालेण्डर नै तयार गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको संस्थाकी प्रवन्धक योजना शर्माले बताईन्। यसैगरी सदस्यहरुलाई समस्या भएको बेला खाँचो गारोलाई टार्दै आएको छ भने ऋणहरु लागेका ऋणीहरुले तोकिएको समयमै तिर्दै आएका छन्।
हातेमालो बहुउद्देश्यीय सहकारीलाई स्मार्ट हातेमालो बनाउनका लागि अभियान सुरु गरेका गरेको र सामुहिक नेतृत्व, स्मार्ट नेतृत्व, स्मार्ट कर्मचारी र स्मार्ट कारोवार बनाईएको जनाएको छ। हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाको केहि महिना अघि मात्र हातेमालो लघु उद्योग मिल पनि संचालनमा ल्याएको छ।
खाद्य सुरक्षा र चुनौती भएको अवस्थामा जनस्वास्थ्यलाई ध्यान दिएर यस्तो किसिमको उधोग संचालनमा ल्याएको संस्थाका अध्यक्ष बस्नेतले बताए। सिंगो समाज जोडिएको हातेमालो संस्था अग्रणी संस्थाको रुपमा बिकास भएको भन्दै केमिकल, अखाद्ध बस्तुको प्रयोग भन्दा आफ्नै खेतबारीमा उबजाएको शुद्ध बस्तु प्रयोग गर्न सकियोस भनेर संस्थाले शुद्ध तोरीको तेल,बेसार,जिरा मसिना चामल लगायतका उत्पादन गर्दै आएको छ।
वडा -१२ मा संचालित लघु उधोगले उत्पादन गरेको खाद्य बस्तुहरु मोरङ,झापा,सुनसरी लगायत काठमाडौँसम्म पुग्ने गरेको छ। यस संस्थाले स्थानियहरुलाई दैनिक उपभोग्य वस्तु सुलभ दरमा उपलब्ध गराउन तथा सदस्यका स्थानिय उत्पादनलाई बजारिकरण गर्न पनि सहयोग गर्दै आएको छ।
विभिन्न समय परिस्थितमा हुने भवितव्य विपत/महामारिको समयमा समेत यस संस्थाले समुदाय र सदस्यको साथमा रहि विभिन्न किसिमका राहत कार्यक्रम संचालन गर्दै आएको छ । संस्थाले आफ्नो बाइसौ बार्षिक साधारण सभाको पूर्व सन्ध्यामा आगामी असोज १६ गते आफ्नै भवनमा बृहत रक्तदान कार्यक्रम गर्दै छ भने १९ गतेको साधारण सभाबाट नया नेतृत्व चयन गर्नेछ।





