पत्रकार यादव माथि कुटपिट , प्रहरीमा माैखिक उजुरी
पत्रकार यादव माथि कुटपिट , प्रहरीमा माैखिक उजुरी
सुनसरीकाे काेशी गाउँपालिका ८ निवासी २१ वर्षीय पत्रकार देवराज यादव माथि कुटपिट भएको छ ।यादवलाई कोशी गाउँपालिका वडा-८ स्थित कोशी केयर हस्पिटलका सञ्चालक हरिनगर गाउँपालिका ५ बसन्तपुर निवासी ३२ वर्षीय सुबोध यादवले चैत १ गते राति अस्पतालमा भिडियो किन खिचेको भन्दै कुटपिट तथा दुर्ववहार गरेको हो । फेसबुक लाईभ गर्दै यादवले कुटपिट गरेको घटना बाहिरी ल्याउनुभएको छ । हरिपुर भाण्टाबारी केन्द्रबिन्दु बनाएर पब्लिक खबर २४ अंनलाइन टेलीभिजन सत्य संसार पत्रिका सहित विभिन्न सञ्चार माध्यममा कार्यरत रहनुभएका पत्रकार देवराज यादवलाई अस्पताल सञ्चालक सुवाेद यादवले कुटपिट गर्दै ज्यान मार्ने प्रयास गरेको दावी गरेको छ ।
कुटपिटबाट घाइते पत्रकार यादवकाे सुनसरीको भाेक्राहा नर्सिङ गाउँपालिका ४ काे सप्तकोसी न्युरो अस्पतालमा उपचार भइरहेको छ । उपचारका क्रममा पत्रकार यादवले सामाजिक संजाल लाइभ मार्फत आफ्नो ज्यानको खतरा रहेको बताउदै आफुलाई सुबोध यादवले रक्सी खाएर कुटपिट गरेको बताउनुभएकाे छ । पत्रकार यादवले आफु मरेपछि सुबोध यादव जिम्मेवार हुने समेत बताउनुभएकाे फाईभ छ । ज्यान मार्ने धम्की आएपछि पत्रकार यादवले सुनसरी प्रशासनसँग सुरक्षाको माग गरेका छन् ।उता पत्रकार देवराज यादवलाई काेशी हेल्थ कियर भाण्टाबारीका सञ्चालक सुवाेद यादवले कुटपिट गरेकोमा घाइते भएर उपचार गराउदै गरेको अवस्थामा ईन्सेक प्रतिनिधि जयकृष्ण यादव र पत्रकारहरुले भेटघाट गरेर यथार्थ बुझ्ने काम गरेकाे छ । ईन्सेक प्रतिनिधि तथा पत्रकारहरुलाई भेटको क्रममा पत्रकार यादवले टाउकोमा चाेट रहेको प्रतिक्रिया दिनुभयो ।उता प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले घटनाको जानकारी आएको र जाहेरी अनुसार कार्वाही हुने प्रतिक्रिया दिनुभयो




