उदयपुर जिल्ला अस्पतालमा संकट गहिरियो, माग पूरा नभए आकस्मिकबाहेक सेवा बन्द गर्ने स्वास्थ्यकर्मीको चेतावनी
उदयपुर । प्रादेशिक जिल्ला अस्पताल उदयपुरमा चुलिँदै गएको प्रशासनिक, आर्थिक तथा व्यवस्थापकीय समस्याप्रति असन्तुष्टि जनाउँदै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आन्दोलनको चेतावनी दिएका छन्। समस्या समाधानका लागि पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै उनीहरूले आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेका छन्।
