ढुकुर जोडी बन्न ४८ जोडीको निवेदन

मोरङको सुन्दरहरैँचा नगरपालिकामा ‘उत्कृष्ट ढुकुर जोडी’ बन्न ४८ जोडीले निवेदन दिएका छन् । पारिवारिक सद्भाव र एकताको जीवन्त उदाहरण खोज्ने उद्देश्य लिएर गत जेठ ७ गते नगरपालिकाले ‘उत्कृष्ट ढुकुर जोडी’को खोजीका लागि आवेदन माग गरेको थियो ।
त्यसपछि ४८ जोडीको निवेदन परेको न्यायिक समितिका उजुरी प्रशासक निरज न्यौपानेले बताए । निवेदन दिनका लागि नगरपालिकाले सर्त नै राखेको थियो । नगरपालिकाले वडामै निवेदन सकिनेगरी सूचना निकालेको थियो ।
