जोनाथन डेभिडको ह्याट्रिकमा क्यानडाको ऐतिहासिक जित, कतारमाथि ६–० को प्रभावशाली विजय

काठमाडौं/  फिफा विश्वकप–२०२६ अन्तर्गत सहआयोजक क्यानडाले उत्कृष्ट प्रदर्शन गर्दै कतारलाई ६–० गोलअन्तरले पराजित गरेको छ। भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा क्यानडाले आक्रामक खेल प्रस्तुत गर्दै विश्वकप इतिहासकै स्मरणीय जित दर्ता गरेको हो।

क्यानडाको शानदार जितमा स्टार फरवार्ड Jonathan David ले ह्याट्रिक पूरा गरे। यस्तै Cyle LarinNathan Saliba ले एक–एक गोल गरे भने एक गोल आत्मघाती उपहारका रूपमा प्राप्त भयो।

खेलको १६औँ मिनेटमा लारिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए। त्यसपछि डेभिडले २९औँ मिनेटमा गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए। पहिलो हाफको इन्जुरी समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ३–० पुर्‍याए।

कतारले खेलका क्रममा दुई खेलाडी गुमाउनुपर्‍यो। ३३औँ मिनेटमा हमाम अहमद र ५१औँ मिनेटमा असिम माडिबो रातो कार्ड पाएपछि कतार ९ खेलाडीमा सीमित भएको थियो। त्यसको पूरा फाइदा उठाउँदै क्यानडाले दोस्रो हाफमा थप तीन गोल गर्‍यो।

नाथन सालिबाले ६४औँ मिनेटमा गोल गरे भने ७५औँ मिनेटमा कतारका मोहम्मद मनाईबाट आत्मघाती गोल भयो। इन्जुरी समयमा डेभिडले आफ्नो ह्याट्रिक पूरा गर्दै क्यानडाको ६–० को प्रभावशाली जित सुनिश्चित गरे।

यो जितसँगै क्यानडाले विश्वकप इतिहासमा पहिलो पटक विजय हासिल गरेको छ। यसअघि विश्वकपका दुई संस्करणमा सहभागी भए पनि क्यानडाले जितको स्वाद चाख्न सकेको थिएन।

समूह ‘बी’ मा क्यानडाले दुई खेलबाट ४ अंक जोड्दै शीर्ष स्थान कब्जा गरेको छ। Switzerland ३ अंकसहित दोस्रो स्थानमा छ भने Bosnia and HerzegovinaQatar को समान १–१ अंक रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *