देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा लाई पक्राउ नगर्न सर्वोच्च अदालत ले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय महेश शर्मा पौडेलनित्यानन्द पाण्डेय को इजलासले काठमाडौं जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश दिएको हो।

गत वैशाख १८ गते जारी अध्यादेशअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गर्ने मुद्दा विशेष अदालतमा दर्ता हुने व्यवस्था गरिएको छ। तर उक्त प्रकरणमा विशेष अदालतको सट्टा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो।

सुनुवाइपछि सर्वोच्च अदालतले अधिकार क्षेत्रसम्बन्धी प्रश्न उठेको उल्लेख गर्दै काठमाडौं जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा देउवा दम्पतीलाई पक्राउ नगर्न तथा पक्राउ नगराउन अन्तरिम आदेश जारी गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *