एमालेभित्र नेतृत्वबारे बहस तीव्र, सचिवालय बैठकमा ओलीमाथि दबाब बढ्यो

नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र नेतृत्व परिवर्तनको बहस तीव्र बन्दै गएको छ। शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकमा उपमहासचिव योगेश भट्टराई ले अध्यक्ष केपी शर्मा ओली समक्ष राजीनामाको माग गरेका छन्।

बैठकमा भट्टराईले वर्तमान परिस्थितिमा पार्टी प्रभावकारी रूपमा अघि बढ्न नसकेको उल्लेख गर्दै नेतृत्व हस्तान्तरणको आवश्यकता औंल्याएका थिए। एक पदाधिकारीका अनुसार उनले ‘अब तपाईंबाट पार्टी चल्दैन, राजीनामा दिनुस्’ भन्ने आशयमा धारणा राखेका थिए।

यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पनि चार जना उपाध्यक्षहरूले ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेको स्रोतले जनाएको छ। पछिल्ला बैठकहरूमा पार्टीको संगठनात्मक अवस्था, जनविश्वास र आगामी रणनीतिबारे गम्भीर समीक्षा आवश्यक रहेको आवाज उठ्दै आएको छ।

यस्तै, महासचिव शंकर पोखरेल ले पनि वर्तमान परिस्थितिमा पार्टी पुरानै शैलीमा अघि बढ्न नसक्ने बताएका थिए। उनले प्रत्यक्ष रूपमा राजीनामाको माग नगरे पनि पार्टीभित्र व्यापक समीक्षा र नयाँ ढंगले अघि बढ्नुपर्ने संकेत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *