एनी गछिया प्रथम गोल्डकप २०८२ : इटहरी फाइनलमा, घरेलु टोलीमाथि रोमाञ्चक जित

सुन्दरहरैंचा

एनी प्रथम गछिया गोल्डकप २०८२ अन्तर्गत शनिबार भएको दोस्रो सेमिफाइनलमा राष्ट्रिय जागृति क्लब इटहरीले घरेलु टोली आयोजक गछिया युवा समाजलाई १ – ० ले पराजित गर्दै फाइनल यात्रामा आफ्नो नाम लेखाएको छ।

खेलको पहिलो हाफमै नै इटहरीका विदेशी खेलाडी एलेक्स विलन  निर्णायक बने। उनले खेल सुरु भएको ३६औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए। सोही गोल नै खेलको एक मात्र निर्णायक क्षण बने।

मियोबी निर्माण, बल कन्ट्रोल र दुवै विङबाट देखिएको इटहरीको दवावले गछियालाई खेलभरि चुनौतीपूर्ण अवस्थामा राख्यो। घरेलु समर्थकको उच्च उत्साहबीच खेलेको गछिया युवाले केही काउन्टर–अट्याक सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन।

निर्णायक गोलकर्ता एलेक्स विलन उत्कृष्ट प्रदर्शनका आधारमा ‘म्यान अफ द म्याच’ घोषित भए। अब इटहरीले उपाधिका लागि सोमबार हुने फाइनलमा गाइघाट युनाइटेड, उदयपुरसँग प्रतिस्पर्धा गर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *