पाथिभरा नौमती बाजा समुहद्वारा जेष्ठ, असहाय र अपाङ्गता भएका नागरिकहरुलाई मिष्ठान्न भोजन
पथरी शनिश्चरे, साउन १५।
मोरङको पथरी शनिश्चरेमा पाथिभरा महिला नौमती बाजा समुहले जेष्ट नागरिक तथा एकल महिला र अशक्त अपाङता भएका नागरिकहरूलाई मिष्ठान्न भोजन गराएको छ।
आज बिहीबार वडा न:३ का वडाध्यक्ष बिजय लिम्बुको आतिथ्यतामा उक्त कार्यक्रम भएको हो।
पाथिभरा महिला नौमती बाजा समुहले वडा न:३ को आदर्श टोल,सगरमाथा टोल र छिमेकी लाइनमा बसोवास गर्ने २० जना जेष्ट नागरिक तथा एकल महिला र अशक्त अपाङता भएका ब्यक्तित्वहरुलाई दोसल्ला ओढाइ सम्मान समेत गरिएको थियो।
साथै, सो समुहले हिड्डुल गर्न नसक्ने बृद्द वृद्धाहरुलाई घर घरमै गएर दोसल्ला ओढाएर खीर खुवाईएको समुहका संयोजक दिपक दियालोले बताउनुभयो।
कार्यक्रम पथरी शनिश्चरे वडा नं ३ आदर्श टोलमा पाथिभरा नौमती बाजा समुहकी अध्यक्ष सीता भन्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो।
