दुहबीमा चैते छठको रौनक

चन्दन रौनियार / दुहबी 
सुनसरीको दुहबी बुढिखोला सहित  तराई मधेसका २२जिल्लामा  श्रद्धालु भक्तजनले बिहीबार  साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै धार्मिक सहिष्णुता र सद्भावका लागि प्रसिद्ध चैते छठ पर्व मनाएका छन्।विभिन्न गाउँमा रहेका खोला, पोखरी ,जलाशयहरुमा ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर परिवारको सुख, शान्ति, समृद्धि र दीघार्युको कामना गर्दे चेते छठ पुजा मनाउँदै छन ।बिहीबार  साँझ अस्ताउँदो सूर्यलाई अर्घ र शुक्रबार  बिहान उदाउँदो सूर्यलाई  विभिन्न परिकार र फलको अर्घ दिएपछि चैते छठ सम्पन्न हुन्छ। बिहीबार ब्रतालुहरुले शुद्ध चोखो भई प्रसाद ग्रहण गरेका थिए। कार्तिक महिनामा पर्ने छठ पर्व मुख्य मानिए पनि यहाँ केही बर्षदेखि चैते छठ मान्ने ब्रतालुको संख्या बढदै गएको छ।भाकल गरेकाले मात्र मनाउने गरेको चैते छठ मनाउनेहरु केही वर्ष यता तराईमा बढ्दै गएका छन्। तराईका अन्य जिल्लामा भन्दा बढी चैते छठको रौनक सप्तरी, जनकपुर, पर्सामा देखिन्छ। सँगै अहिले राजधानी काठमाडौंमा समेत चैते छठ मनाइन्छ। सुरुमा तराईबासीले मात्रै मान्दै आएको यो पर्व विभिन्न जिल्लामा लामो समयदेखि पहाडी समुदायले पनि विधि र श्रद्धापूर्वक मान्न थालेका छन्। यो पर्व मधेशी र पहाडी समुदायको धर्म, संस्कृति, चाडपर्व, रहन सहनलाई जोडने, सम्मान र श्रद्धा गर्ने सेतु तथा समावेशी पर्वका रुपमा स्थापित हुँदै गएको दुहबीका पत्रकार चन्दन रौनियार बताउँछन ।हिन्दु धर्ममा यहि मात्रै एउटा यस्तो पूजा हो जसमा उदाउँदो सूर्यलाई मात्र नभई अस्ताउन लागेको सूर्यलाई पूजा गरिन्छ। यस पूजामा प्रायः सवै समुदायका मानिस बडो श्रद्धापूर्वक सहभागी हुने गर्छन्। छठको व्रत लिँदा चर्म रोग नलाग्ने, पुत्रलाभ हुने, सौभाग्य वृद्धि हुने, परिवारमा सुख समृद्धि आउने र परिवारका सदस्य सम्भावित दुर्घटनाबाट जोगिने धार्मिक विश्वास रहिआएको  छ।

चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाईन्छ । खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसि साँझपख खष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् । प्रसादमा खीर ,केरा, दुध एवम् विभिन्न प्रकारको फलफुल चढाईने गरिन्छ । पर्वको तेश्रो दिन अस्ताउदो सूर्यलाई अर्घ दिन ब्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्दछन् ।

त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्व देखिनै ब्रतालुहरु खोला नदि या पोखरीमा प्रवेश गरि खष्ठीमाताको ध्यान गर्दै सूर्य देवलाई अर्घ दिने गर्दछन् । अर्घमा मुला, उँखु,भण्टा, ठकुवा, भुसवा ,केरा,नरिवल लागायतका सामग्रीहरु चढाउने गरिन्छ ।  सन्ध्या अर्घ पश्चात रात भरि ब्रतालुहरु जागरण बसि भोली पल्ट चैत्र सुक्ल सप्तमी तिथीका दिन उदाउदो सूर्यलाई अर्घ दिई पर्वको समापन गर्ने चलन छ । पूजा वर्षमा दुई पटक मनाइन्छ।  पहिलो छठ पूजा कार्तिक महिनामा र दोस्रो छठ पूजा चैत्र महिनामा गरिन्छ। यसलाई परम्परागत रूपमा शारदिया र वसन्त छठ भनिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *