सुन्दरहरैंचामा शिक्षक तालिम सम्पन्न, ५२ जना शिक्षकको सहभागिता

एलएन गच्छदार

सुन्दरहरैंचा, मोरङ – मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. १० स्थित रोजाई मण्टेश्वरी स्कुलमा शुक्रबार  शिक्षक तालिम सम्पन्न भएको छ।

रेश्नल एकेडेमी सलकपुर, ज्ञानसागर एकेडेमी, सुन्दर बाटिका एकेडेमी, रोजाई मण्टेश्वरी र प्रोग्रेस स्कुलको संयुक्त आयोजनामा सञ्चालित उक्त तालिम ६ दिनसम्म सञ्चालन भएको थियो।

कार्यक्रमको समापन सत्रमा सुन्दर बाटिका एकेडेमीका सञ्चालक तथा प्रिन्सिपल विनोद फुयालले  स्वागत मन्तव्य व्यक्त गर्दै शिक्षालाई व्यवहारमा उतार्न र दक्ष जनशक्ति उत्पादन गर्न यस्ता तालिमहरू अत्यन्तै आवश्यक रहेको बताए।

तालिममा पाँचवटा विद्यालयका ५२ जना शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। प्रशिक्षार्थी शिक्षक रेश्नल एकेडेमीकी सदिक्षा श्रेष्ठले यस्ता तालिमले सिकाइलाई प्रभावकारी बनाउन ठूलो मद्दत गर्ने बताइन्।

सो अवसरमा प्रमुख अतिथि शिक्षा शाखा प्रमुख तेज बहादुर आचार्यले शिक्षकहरूले शैक्षिक उपलब्धिका साथै अतिरिक्त विकासतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिनु भयो। उहाँले सामाजिक अपेक्षा, व्यवहारिक शिक्षा र समग्र विकासलाई तालिमको माध्यमबाट अभिवृद्धि गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमको अध्यक्षता रोजाई मण्टेश्वरी स्कुलका सञ्चालक महेश आचार्यले गरेका थिए। तालिमको सहजीकरण सफ्ट स्किल ट्रेनर उर्मिला पौडेल, CTF नेपालकी निर्मला पौडेल, र रुपा अधिकारीले गरेका थिए।

तालिम समापन कार्यक्रममा सहभागी शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिँदै कार्यक्रम समापन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *