पाथीभरा मन्दिरको खर्च बिबरण सार्वजनिक
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा ८ लोकमार्ग नजिकै रहेको पाथिभरा देवि मन्दिरको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको छ। मन्दिर निर्माण समितिका अध्यक्ष गजेन्द्र भट्टराईले प्रस्तुत गरी सार्वजनिक गरिएको हो।
चन्दा संकलनबाट जम्मा रु ८१ लाख ३ हजार ८ सय ५९ , विभिन्न व्यक्तिबाट सापटी गरी रु १६ लाख ६४ हजार ४ सय र विभिन्न सामान खरिद गरी ल्याएको पसलबाट सापटी तिर्न बाँकी रु. १७ लाख २२ हजार ५ सय ८७ गरि जम्मा १ करोड १५ लाख ३ हजार २ सय ३२ रुपैया मा निर्माण कार्य सम्पन्न भएको उपस्थिति भेलाले अनुमोदन गरेको छ।

विभिन्न मिथ्या आरोपबिचमा सबैको सहभागीता र सहयोगले मन्दिर निर्माण सम्पन्न भएको बताउदै स्थानीय तथा पुर्व प्रदेश सांसद लोक प्रसाद संग्रौलाले भ्रामक प्रचार समेत खेप्नु परेको बताए। मन्दिर निर्माण कार्यमा सुन्दरहरैंचा नगरपालिकाको समेत उतिकै भुमिका रहेको बताउदै संग्रौलाले सबैको आस्थाको केन्द्र बनको बताए ।

अहिले सुन्दरहरैंचाकै गौरवको मन्दिर निर्माण भएको र विभिन्न ठाउँबाट मन्दिर दर्शन गर्नेको भिड लाग्ने गरेको छ। नगरले सो मन्दिर निर्माणका लागी १२ लाख ८६ हजार बजेट बिनियोजन गरेको थियो भने कोशी प्रदेशबाट २३ लाख ७४ हजार बजेट बिनियोजन गरेको थियो।
त्यसै गरी गत बैसाख २७ गतेदेखि जेष्ठ ४ गते सम्म पाथिभरा देवी माता भगवतीको प्रागङ्गमा श्रीमद् देवी भागवत ज्ञानमहायज्ञ नवाह संचालन गरि त्यास अवधिमा जम्मा रु ३९ लाख ६० हजार ४ सय २९ रकम संकलन भएको र जम्मा खर्च मन्दिर निर्माणको ऋण भुक्तानी विभिन्न ब्यक्तिको रु.११ लाख ६० हजार भूक्तानी गरिदिएको छ भने रसिद काटेको पाउनुपर्ने हिसाव रु २ लाख ८२ हजार ५ सय ५८ रहेको पुराण संचालक कोषाध्यक्ष जनक खत्रीले जानकारी दिएका छ्न।




