साना किसान सहकारीमा चोरीको प्रयास

एलएन गच्छदार

सुन्दरहरैचा । सुन्दरहरैचा स्थित साना किसान कृषि सहकारी संस्थामा चोरीको प्रयास भएको छ । सुन्दरहरैचा नगरपालिका वडा नं ६ मा संचालन हुदै आएको सुन्दरपुर साना किसान कृषी सहकारी संस्था लिमिटेडमा सोमबार राती चोरीको प्रयास भएको हो । सोमबार राती संस्थाको ताला फुटाउदै चोरले संस्थाबाट सिसिटिभिको हार्डडिक्स चोरेको हो । संस्थाको दैनिक कारोबारको रकम लकरमा राखिएको र चोरले उक्त लकर फुटाउन नसक्दा ठुलो रकम चोरी हुनबाट भने जोगिएको छ ।

कार्यालयको भवनको  सभा हलको झ्याल फोडेर  कारोबार रहेको दोस्रो तलाको ढोकाको ताल्चा काटेर भित्र प्रवेश गरेको चोरले कार्यालयमा रकम नभेटेपछि सिसिटिभिको भिडियो स्टोरेज हुने हार्डडिस्कनै चोरेर लगेको हो । संस्थाका अध्यक्ष भिम पौडेलले लकरबाट रकम निकाल्न नसकेपछी सिसिटिभिको हार्डडिस्क चोरी भएको जानकारी दिए । “नगद चोरी हुनबाट जोगियो, हार्डडिक्स चोरी भएको छ । तर संस्थामा चोरीको प्रयास हुनु निकै दुःखद् विषय हो ।” पौडेलले भने ।

सिसिटिभी क्यामराको भिडियो रेकर्ड हुने हार्डडिक्सनै चोरेर लगेका कारण घटनामा संलग्न व्यक्तिको पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक (ईन्स्पेक्टर) उदय शमशेर जबराले बताए । सिसिटिभिको हार्डडिस्क नै हराएपछी प्रहरीले अन्य विभिन्न तरिकाबाट अनुसन्धान थालेको जवराले बताए ।

सहकारीमा चोरीको घटनालाई लिएर अहिले स्थानियवासी तथा शेयर सदस्यहरु चिन्तित बनेका छन ।

उक्त सेभमा चेक सहित २० लाख ३७ हजार ९ सय ३१ रुपैया ७५ पैसा राखेको लेखापालले जनाएको छ।

जस मध्ये चेक ५ लाख ४८ हजार ५ सय ६५ रुपैयाँ ७५ पैसा र  नगद  १४ लाख ८९ हजार ३ सय ६६ रुपैयाँ हिजोको कारोबारबाट  मौज्दात रहेको   निवर्तमान अध्यक्ष तथा संचालक समिति सदस्य रबिन्द्र आचार्यले जनाएको  छ।

नाम नखुलाउने सर्तमा एक शेयर सदस्यले भने “लकरमा रकम राखिएको सुचना कतैबाट बाहिर पुगेको हुन सक्छ । नत्र त्यही दिन चोरी हुनु र झ्यालबाट चोर छिर्नु नै शंकास्पद रहेको छ ।” उनले प्रहरीले सुक्ष्म ढंगबाट अनुसन्धान गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *