जुपिटर इंगलिस स्कुलमा चित्रकला प्रतियोगिता सम्पन्न, ३ सय विद्यार्थीको उत्साहजनक सहभागिता

एलएन गच्छदार
सुंदरहरैंचा , माघ १५
मोरङ् सुन्दरहरैंचा नगरपालिका वडा -३ गछियामा रहेको जुपिटर इंगलिस स्कुलले आयोजना गरेको वार्षिक चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा कक्षा ६ देखि ९ सम्मका ३ सय विद्यार्थीहरूले उत्साहपूर्वक भाग लिएका थिए।
विद्यालय प्रांगणमा आयोजित प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूको सृजनशीलता र कलाकारितालाई प्रोत्साहन गर्नु रहेको थियो। “रङहरूको संसारमा बालमस्तिष्कको कल्पनाशक्ति” भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगितामा विद्यार्थीहरूले विभिन्न विषयवस्तुमा आधारित आफ्नो सिर्जनशीलता प्रस्तुत गरेका थिए।
विधालयका प्रिन्सिपल हरिशचन्द्र ढकालले चित्रकलाजस्तो सिर्जनात्मक क्रियाकलापले विद्यार्थीहरूको कल्पनाशक्ति र कलात्मक क्षमता उजागर गर्न सहयोग पुर्‍याउने बताए।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूको चित्रकलालाई विद्यालयका कला शिक्षक तथा स्थानीय कलाकारहरूको टोलीले मूल्याङ्कन गरेको थियो। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिने कार्यक्रमको समापन समारोहमा घोषणा गरिएको छ।
प्रतियोगिताले विद्यार्थीहरूमा रङ र कलाका माध्यमबाट आफ्नो भावना व्यक्त गर्ने क्षमता विकास गर्न प्रेरणा दिएको विद्यालयका शिक्षकहरूले बताएका छन्। यस्तो गतिविधिले विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास

Leave a Reply

Your email address will not be published. Required fields are marked *