अन्तर्राष्ट्रिय गायन रियालिटी शोमा ऐतिहासिक संयोग : ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनलमा पहिलो महिला प्रतियोगी जुनु प्रसाई

अन्तर्राष्ट्रिय स्तरमा आयोजना भइरहेको नेपाली गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ ले यसपटक ऐतिहासिक संयोग रचेको छ। पहिलोपटक महिला प्रतिस्पर्धीका रूपमा प्रतिभाशाली गायिका जुनु प्रसाई फाइनलमा प्रवेश गर्न सफल भएकी छन्।

ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी र तेह्रथुमको आठराई ह्वाकूबाट शिक्षा तथा सांगीतिक यात्रा सुरु गरेकी जुनु हाल झापाकी स्थायी बासिन्दा हुन्। रोजगारीका सिलसिलामा कतारमा भए पनि उनले आफ्नो सांगीतिक सपना नछाड्दै निरन्तर साधना गर्दै आएकी छन्। यही धैर्य र लगनशिलताको परिणामस्वरूप उनले अन्तर्राष्ट्रिय स्तरको यस गायन प्रतियोगितामा दमदार उपस्थिति जनाउँदै फाइनलसम्मको यात्रा तय गरेकी हुन्।

बाल्यकालदेखि नै गायनप्रति गहिरो रुचि राख्ने जुनुको स्वरमा नेपालीपन, मेहनत र प्रतिभाको अद्भुत सम्मिश्रण पाइन्छ। विद्यालय जीवनमै विभिन्न सांगीतिक कार्यक्रम र स्थानीय प्रतियोगितामा सक्रिय रहेकी उनले अहिले विश्वभरिका नेपालीबीच आफ्नो प्रतिभा चिनाउने अवसर पाएकी छिन्।

नेपाल टेलिभिजनमार्फत प्रसारण भइरहेको ‘मेरो भ्वाइस युनिभर्स’ इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनद्वारा आयोजित हो, जसमा २३ देशका नेपाली मूलका प्रतिभाशाली गायक–गायिकाले सहभागिता जनाएका छन्। अडिसन राउन्ड १३ देशमा सम्पन्न भएकोमा जुनु कतार अडिसनमार्फत छनोट हुँदै फाइनलसम्म आइपुगेकी हुन्।

फाइनल प्रवेशपछि उनले दर्शक र शुभेच्छुकलाई भावुक शब्दमा यस्तो अपिल गरेकी छिन् :
“नमस्कार, सेवा/सेवारो, म हजुरहरुकै छोरी/चेली जुनु प्रसाई । तपाईंहरूको माया, साथ, सहयोग र हौसलाले ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनलमा पुगेकी छु। अझै केही सिँढी चढ्न बाँकी छ। मिहिनेत र संघर्षपछि बल्ल मेरा सपना उडान भर्न थालेका छन्। फाइनलसम्मको यात्रामा तपाईंहरूको अझ धेरै साथ, सहयोग र माया अपेक्षा गर्दछु।”

उनलाई विजयी बनाउन दर्शकले मोबाइलको Message Box मा गएर MVU 06 टाइप गरी 37000 मा पठाउन सक्नेछन्। साथै, My Intra App डाउनलोड गरी जुनु प्रसाईको प्रोफाइलमार्फत पनि भोट गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *