इटहरीको सेफर्ड चिल्ड्रेन एकेडेमीमा विद्यार्थी प्रतिभा पहिचान प्रदर्शनी र फुड फेस्टिबल सम्पन्न
एलएन गच्छदार
सुन्दरहरैंचा , माघ१५
इटहरी उपमहनगरपालिका वडा -४, शिशिर टोल हरियाली मार्ग स्थित सेफर्ड चिल्ड्रेन एकेडेमीले विद्यार्थीको प्रतिभा उजागर गर्दै प्रविधि तथा विज्ञान प्रदर्शनी र फुड फेस्टिबल कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ।
विद्यालयको प्रांगणमा आयोजित यस कार्यक्रमले विद्यार्थीहरूको सिर्जनशीलता, प्राविधिक ज्ञान र नवप्रवर्तनशील क्षमतालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको थियो। कार्यक्रममा विभिन्न वैज्ञानिक मोडेल, प्रविधिजन्य परियोजना तथा स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर तयार गरिएका परिकारहरूको प्रदर्शनी गरिएको थियो।
विद्यार्थीहरूले आफ्ना सिर्जनशील प्रोजेक्टहरू प्रदर्शन गर्दै विज्ञान र प्रविधिमा रहेको आफ्नो क्षमता प्रस्तुत गरेका थिए। त्यस्तै, फुड फेस्टिबलमा परम्परागत नेपाली परिकारहरूदेखि अर्गानिक स्वादहरू प्रस्तुत गरिएका थिए, जसले आगन्तुकहरूको मन जित्न सफल भयो।
विद्यालयका प्रिन्सिपल मिलन राईले यस प्रकारका गतिविधिले विद्यार्थीहरूको बहुआयामिक विकासमा सहयोग पुर्याउने र उनीहरूलाई व्यावहारिक ज्ञान हासिल गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे। बालबालिकालाई प्रविधियुक्त तथा नैतिक, संस्कारयुक्त ब्यबहारिक शिक्षा प्रदान गर्ने उद्धेश्य रहेको बताए।
अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उत्साहजनक सहभागिताले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो। विद्यालयका शिक्षक तथा अभिभावकहरूले यस प्रकारका गतिविधिलाई आगामी दिनहरूमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
सेफर्ड चिल्ड्रेन एकेडेमीले यस प्रकारका कार्यक्रमहरू मार्फत विद्यार्थीहरूको बौद्धिक तथा रचनात्मक क्षमतालाई प्रोत्साहन गर्ने प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सेफार्ड एकेडेमीले २०६१ सालमा स्थापना भएको हो भने सिमित बिधार्थी राखेर प्ले ग्रुपदेखि कक्षा १० सम्म पठनपाठन हुँदै आएको छ। ३० जना शिक्षक तथा कर्मचारी रहेको सो विधालयमा ३ सय भन्दा बढी बिधार्थी अध्यनरत छन।