विराटचोकमा ‘एक्स्ट्रिम’ सिरिजका दुई नयाँ बाइक सार्वजनिक समारोहको उदघाटन गर्दै उधोग बाणिज्य संघका अध्यक्ष नारायण कार्की

नेपाली बजारमा ‘एक्स्ट्रिम’ सिरिजका दुई नयाँ बाइक सार्वजनिक गरिएको छ।

नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सिजी मोटर्सले एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० आर नेपालमा सार्वजनिक गरेको हो।
त्यसैगरी आधिकारिक बिक्रेता विराटचोकमा रहेको अमय अटो ट्रेडर्स सोरुममा सुन्दरहरैंचा उधोग बाणिज्य संघका अध्यक्ष नारायण कार्कीले सो दुई बाइकको लन्च समारोहको उद्घाटन गर्दै सुन्दरहरैंचा ब्यापारिक केन्द्रको बिकास हुँदै गएकोले सबैको ध्यान सुन्दरहरैंचा तर्फ खिचिएको बताए।

नयाँ सिरिजका यी बाइकको प्रवेशले नेपाली दुईपांग्रे बजारमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दाबी छ।

एक्स्ट्रिम १२५ आर सिंगल च्यानल एबिएस रहेको छ। यसमा उन्नत ब्रेकिङ प्रविधि प्रयोग गरिएको उल्लेख गरिएको छ। यो श्रेणीकै सर्वाधिक तीव्र गतिको मोटरसाइकल भएको कम्पनीको भनाइ छ।

यस्तै नवप्रवर्तनात्मक प्रविधि सहितको एलइडी हेडलाइटको सुविधा दिइएको छ। यसमा रहेको ब्लुटुथ कनेक्टिभिटीले चालकका लागि सहजता, सुरक्षा र मनोरञ्जन सुविधा दिने उल्लेख गरिएको छ। हिरो एक्स्ट्रिम १२५ को दुई भेरियन्ट सिबिएस र एबिएस भर्सनमा छन्।

जसअनुसार सिबिएस भर्सनको मूल्य २ लाख ८९ हजार ९०० रूपैयाँ र एबिएस भर्सनको मूल्य ३ लाख ११ हजार ९०० रूपैयाँ तोकिएको बिक्रेता कम्पनीले जनाएको छ।

एक्स्ट्रिम १६० आरमा श्रेणीकै सर्वाधिक गति क्षमता बाइक भएको कम्पनीले जनाएको छ। तीव्र गतिको चाहना राख्नेका लागि विशेष रूपमा डिजाइन गरिएको छ।

यसमा रहेको केवाइबी ब्रान्डको फ्रन्ट युएसडी सस्पेन्सनमार्फत प्रवाह हुने प्रभावकारी फ्रन्ट ब्रेकिङ प्रणालीको व्यवस्था गरिएको छ। यो बाइकको मूल्य भने तीन लाख ८४ हजार ९०० रूपैयाँ मूल्य तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *