गरिमा विकास बैंक इटहरी शाखाद्वारा बृहत् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा / पौष ४ गते 

वित्तीय साक्षरता आभिवृद्धि गरी वित्तीय प्रणालीलाई सघाउ पुर्याउने उद्देश्यले गरिमा विकास बैंकले समाजका हरेक वर्ग र क्षेत्रमा वित्तीय साक्षरता सञ्चालन गदै आएकोमा मिति २०८१ साल पौस ४ गते शाखा कार्यालय इटहरी द्धरा सुन्दर हरैचा स्थित इटहरी इन्टरनेशनल कलेजमा अध्यनरत विद्यार्थीहरु बीच वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम गरिमा विकास शाखा कार्यालय इटहरी शाखा प्रमुख योगेन्द्र कुमार गच्छदारको अध्यक्षता र सहजिकरणमा, इटहरी इन्टरनेशनल कलेजका अप्रेशन म्यानेजर निखील शाक्यको प्रमुख आतिथ्यता र गरिमा विकास बैंकका क्षेत्रीय कार्यालय इटहरीका प्रमुख दीपेन्द्र पोखरेलको बिशिष्ठ आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन गरिमा विकास बैंकका शाखा कार्यलय इटहरीका कर्जा प्रमुख नबिन अधिकारीले गर्नु भएको थियो ।

सो कार्यक्रममा गरिमा विकास बैंकका क्षेत्रीय कार्यालय इटहरीका क्षेत्रीय प्रमुख दीपेन्द्र पोखरेलले हाल देखिरहेको र भविस्यमा हुन सक्ने वित्तीय समस्याबाट हुन सक्ने जोखिमको लागि आधारभूततहबाट नै वित्तीय साक्षरता आवश्यक रहेको कुरा बताउनु भयो। इटहरी इन्टरनेशनल कलेजका अप्रेशन म्यानेजर निखील शाक्य ले बचत को कसरी सदुपयोग गर्ने कसरी ब्यक्तिगत बजेट निमार्ण गर्ने भन्ने बिद्याथीहरुले सिक्न जरुरी रहेको बताउनुभयो साथै कार्यक्रमको सफलता को शुभकामना व्यक्त गनुभयो ।

बिद्यार्थीको सुनिश्चित र उज्ज्वल भविष्यको निर्माणको लागि बचतको महत्व र बचत गर्ने बानि बसाल्ने , डिजिटल अपराध, शेयर शिक्षा को जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।यो कार्यक्रमले आर्थिक सुरक्षा, वित्तीय व्यवस्थापन, बचत र खर्चको सन्तुलन, डिजिटल ज्ञान आदि बारेमा विद्यार्थीहरुले जानकारी लिएको विश्वास गरिमा विकास बैंकले लिएको छ सो कार्यक्रममा इटहरी इन्टरनेशनल कलेज अध्यनरत १ सय जना विद्यार्थीहरु तथा शिक्षकहरुको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *