रेडस्टार माविको कक्षा १२ द्वारा नयाँ आगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम

पथरिशनिश्चरे,समाचारदाता,असाेज-२२ गते
मोरङको पथरी नगरपालिका वडा नम्बर २ मा रहेको रेडस्टार माध्यमिक विद्यालयका कक्षा- १२ मा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक सत्र- २०८१ का लागि कक्षा ११ मा भर्ना हुने नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेका छन्।
आज मंगलबार पथरीको सिनमिलेज पार्टी प्यालेसमा आयोजित कार्यक्रममा नयाँ विद्यार्थीहरूलाई स्वागत गरिएको हो।
पथरी शनिश्चरे नगरपालिकामै निरन्तर विगत ६ वर्षदेखि एसएलसी परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्दै आएको यस विद्यालयले आयोजना गरेको सो स्वागत कार्यक्रममा कमेडी च्याम्पियनका संस्थापक निर्णायक ( जज ) समेत रहनुभएका नेपाली हाँस्य क्षेत्रका लोकप्रिय कलाकार मनोज गजुरेलले आफ्नो हाँस्य प्रहर्शन सहित प्रस्तुति दिनुभएको छ।
पथरी शनिश्चरे नगरपालिकामै निरन्तर विगत ६ वर्षदेखि एसएलसी परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्दै आएको यस विद्यालयले आयोजना गरेको सो स्वागत कार्यक्रममा कमेडी च्याम्पियनका संस्थापक निर्णायक ( जज ) समेत रहनुभएका नेपाली हाँस्य क्षेत्रका लोकप्रिय कलाकार मनोज गजुरेलले आफ्नो हाँस्य प्रहर्शन सहित प्रस्तुति दिनुभएको छ।
राष्ट्रिय परीक्षा बोर्ड विराटनगरका प्रमुख – जीवन गड्तौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता रेडस्टार माध्यमिक विद्यालयका निर्देशक तथा प्रिन्सिपल टि. एन. तिम्सिनाको रहनु भएको थियाे।
कार्यक्रममा हिसान कोशी प्रदेशका सचिव दिपेश बास्तोला , हिसान अध्यक्ष अमित ढकाल, पथरी शनिश्चरे नगरपालिकाका खेलकुद, यूवा तथा शिक्षा शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, पूर्वमेयर दिलिप कुमार राई, रेडस्टार माविका आई .एस. ए. को-ओडिनेटर तथा प्रबन्धक राजु तिमिल्सिना,नम्बर ४ का वडाध्यक्ष लोककिरण न्यौपाने , वडा नम्बर ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, वडा नम्बर १ का भीम कुमार राई,
विद्यालयका संस्थापक विजय डाँगी र सुजन तिमिल्सिना, साहित्यकार भुपेन्द्रराज तिमिल्सिना, माउन्ट हर्मन एकेडेमीका राजेश कार्की लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यार्थीहरूले नृत्य ,गायन तथा अन्य विविध प्रस्तुतिहरू दिएका थिए।
पथरी शनिश्चरे नगरपालिकामै सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयले २०८१ साउनमा प्रकाशित नतिजा अनुसार एसएलसी(कक्षा १२) मा आफ्ना विद्यालयमा अध्ययनरत विद्यार्थीहरू ९० दशमलव ९९ प्रतिशत नतिजा हासिल गर्न सफल भएका हुन्।
गत वर्ष २०८० साउनमा प्रकाशित एसएलसी कक्षा १२ को परीक्षामा पनि यस रेडस्टर माध्यमिक विद्यालयले कोशी प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो। यस विद्यालयका छात्र विपिन पोखरेलले ३ दशमलव ८१जीपीए सहित व्यवस्थापन संकायमा कोशी प्रदेशकै उत्कृष्ट नतिजा प्राप्त गरेका थिए। उनीसँगै कृतिका भट्टराईले ३ दशमलव ७५ एलन थेगिम लिम्बुले ३ दशमल ७१ भुवन घिमिरे र नम्रता बुढाथोकीले प्राप्त गरेका थिए।
यसैगरी, राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८० चैत महिनामा सञ्चालित एसईई परीक्षामा सामेल दुई विद्यार्थी अजय लिम्बू र सतिश आचार्यले ४ जीपीए ल्याउँदै पूर्वी मोरङमै सर्वोत्कृट नतिजा हासिल गरेका थिए। ब्रिटिस काउन्सिल अन्तर्राष्ट्रिय अवार्ड प्राप्त यस विद्यालय पछिल्लो समयमा पथरीशनिश्चरे नगरमै एक अब्बल शैक्षिक ‘हब ‘को रूपमा स्थापित भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *