चाडपर्व सभ्य तरिकाले मनाउन नगरबासीहरुलाई लेटाङको नगरपालिकाको अनुरोध
बिराटनगर : नेपालीहरुको महानपर्वहरु घर आँगनमा आइपुगेका छन् । महानपर्व विजयादशमी, दिपावली, छडपर्व हाम्रो घर आँगनमा आउँदा नेपालीमा उत्साह, उमंग हुन्छ ।
चाडपर्वले मानिसहरुको भाईचाराको सम्बन्ध बढाउने भन्दै मोरङको लेटाङको नगरपालिकाले सभ्य तरिकाले मनाउन नगरबासीहरुलाई अनुरोध गरेको छ। मंगलबार नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै नगर प्रमुख भूपेन्द्र कुमार लावतीले चाडपर्वका आफ्नै मूल्य र मान्यता रहेका दशै, तिहार जस्ता चाडपर्वलाई परिस्कृत गरेर लैजानु पर्ने बताए।
पछिल्लो समय अर्काको देखासिकी गर्ने, फजुल खर्च गर्ने, चाडपर्वका नाममा गैरकानुनी क्रियाकलाप गर्ने प्रबृति बढेको भन्दै नगर प्रमुख लावतीले यसले यस्ता चाडपर्वलाई खल्लो पनि बनाउने र बर्ष दिनमा आउने यस्ता चाड पर्वलाई सभ्य तरिकाले मनाउनु पर्नेमा जोड दिए।
पत्रकार सम्मेलनमा उप प्रमुख कृष्ण कुमारी पोखरेल निरौला र प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने पनि आ-आफ्नो धारणा राखेका थिए। नगरबासीहरुलाई १० बुँदे अनुरोध पत्र पनि जारी गरेको छ।
यस्तो छ नगरपालिकाले जारी गरेको १० बुँदे अनुरोध पत्र
१. देउसी,भैलो,हुर्रा तथा नाच,गान तथा व्यापार,व्यवसाय संचालनको लागि समय बेलुकाको १० बजे सम्म लागि मात्र गर्ने।
२. देउसी,भैलो,हुर्रा तथा नाच,गानहरुलाई दिने दान,दक्षिणा यस नगरपालिका भित्र अधिकतम ५०५ मात्र प्रदान गर्ने।
३. चाडपर्व भन्दै जुवा खेल्नाले आर्थिक रुपमा व्यक्तिहरुलाई नकारात्मक असर धेरै पर्न सक्ने साथै,तास खेल्ने कुराले समाजमा समेत नकारात्मक असर परेको,बिकृति निम्त्याएकोको हुँदा चाडपर्व लगायतलाई आधार मानी खेलिने जुवा तासलाई सामाजिक बहिस्कार गर्ने।
४. नगरपालिका क्षत्रे भित्र विभिन्न बाहाना,असर,पर्व तथा शुभकार्यहरुलाई लक्षित गरी ठूलो आवाज निकाली अनावश्यक ध्वनी प्रदुषण नगर्ने।
५. नगरपालिका भित्र शान्ती सुरक्षा कायम गर्नका लागि प्रहरी प्रशासनालाई सबै सरोकारवालाहरुले आवश्यक सहयोग गर्ने।
६.लागुपदार्थ दुर्ब्यसनी बिरुद्ध नगरपालिकाको शुन्य सहनशिलता रहेकाले सम्पूर्ण नगरबासीहरुमा लागुपदार्थ दुर्ब्यसनी बिरुद्ध एकजुट हुन् नगरपालिका हार्दिक अनुरोध गर्दछ।
७.मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउने
८. मौसम पूर्वानुमानको जानकारी लिएर मात्र यात्रा गर्ने।
९. चाडपर्व आनबश्यक चाडपर्व भड्किलो खर्चिलो नबनाउ,अनुशासित ढंगबाट मनाउ
१०. सडक क्षेत्राधिकार भित्र निर्माण सामग्री लगायतका चौपाय बस्तु छाडेर सडक अवरोध नगरौ।
