बुढीगंगामा तेस्रो सुकचर च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने

एलएन गच्छदार

https://janacharchatimes.com.np/wp-content/uploads/2023/08/358573545_688298886644492_2885704287178363969_n.jpg >

मोरङ भदौ १४ गते।

बुढीगंगा गाउँपालिका वडा नं ६ मा रहेको सुकचर खेलमैदानमा तेस्रो सुकचर च्यालेन्ज कप फुटबल प्रतियोगिता -२०८० हुने भएको छ।

नव युवा क्लबको आयोजनामा सो बुढीगंगा गाउँपालिक र सो वडाको सहकार्यमा अगामि भाद्र २८ गते देखि असोज ६ गते हुने आयोजकले जनाएको छ।

“नव युवाको रङ्ग , खेलकुदमा उत्कृष्ट बुढीगंगा ” नारा सहित हुनगइरहेको उक्त प्रतियोगितामा १० वटा टिमको सहभागी रहने क्लबका अध्यक्ष मुकेशराम चौधरीले जानकारी दिएका छन। बिराटनगर सिटी एफ सि विराटनगर,मोरङ्ग, कुसुमे साइनिङ फुटबल क्लब केराबारी मोरङ्ग, पूर्वाञ्चल युनाइटेड क्लब सुन्दरहरैचा, मोरङ्ग, मलिथम एफ सि उदयपुर , उदय एफ सी.धरान, सुनसरी , पञ्चायन फुटबल क्लब रामधुनी, सुनसरी ,. चुलाचुली फुटबल क्लब झापा, राजाबास युथ क्लब, बराहाक्षेत्र, सुनसरी, तालतलैया फुटबल एकेडेमी, इटहरी सुनसरी , आयोजक नव युवा क्लब, सुकचर–११, मोरङ्गको सहभागिता रहनेछ।
यसभन्दा अगाडी मनमोहन स्मृति पोलिटेक्नीक हात्तिमुडाको सहकार्यमा मनमोहन बुढीगंगा कप फुटबल प्रतियोगिता, प्रथम सुकचर च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८, दोश्रो सुकचर च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७९ सम्पन्न गरीसकेको क्लबका अध्यक्ष चौधरीले बताए।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ