करबृद्धिको विरोधमा आयोजना गरेको बृहत नागरिक जनदबाब जारी


१३ भाद्र
नगरपालिकाले बृद्धि गरेको करलाइ पूर्ववत अवस्थामा निर्धारण गर्न अनुरोध गर्दै आज तेश्रो दिन पनि विभिन्न राजनैतिक दलले संघर्षका कार्यक्रमलाई जारी राखेका छन् ।

जायज कर तिर्न हामी तयार छौँ तर नाजायज कर तिर्न हामी बाध्य छैनौँ भन्ने उद्देश्य सहित आज १३ गते बिराटचोकमा बृहत नागरिक जनदबाब कार्यक्रम सम्पन्न भएको छ । विरोधसभा सँगसँगै करबृद्धि बिरुद्धको हस्ताक्षर संकलन कार्य आज दोश्रो दिन पनि जारी राखिएको छ । वृद्धि भएको कर नघटाएसम्म संघर्षका कार्यक्रम नरोकिने संघर्ष समितिले जनाएको छ ।


आजको कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेसका नेता भक्तिप्रसाद सिटौलाले गरेका थिए । बिरोध कार्यक्रममा नेकपा समाजवादीका तर्फबाट तिलकप्रसाद ढकाल, माओवादी केन्द्रको तर्फबाट कुमार मिजार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकमणी न्यौपाने, व्यवसायी सुरज विष्ट, रिता चौहान, युवा समाज सेवाका सुवास पाण्डे, नेपाली कांग्रेसको तर्फबाट होमनाथ पोख्रेल, उद्योग वाणिज्य संघको तर्फबाट कृष्णप्रसाद रिजाल, इन्द्रपुर साना शहरी खानेपानीका अध्यक्ष नवराज चापागाईं लगायतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन रा.स्व.पा. नगर सचिव सरोज आचार्यले गरेका थिए । भोली १४ गतेको कार्यक्रम गछिया र हरैँचामा हुने संघर्ष समितिले जनाएको छ ।

रेडियो सुसेली संभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *