३ जना युवाबाट संचालित सोफा हाउस इटहरी

एलएन गच्छदार
इटहरी भदौ १५ गते

यि ३ युवा हुन गोर्खा जिल्ला अजीरकोट गाउँपालिका वडा ५ का रोमन बयलकोटी, संजय बयलकोटी र ईश्वर गुरुङ। उनिहरु २५, २६ , २७ बर्षका छन।

एउटै गाउँका एउटै विद्यालय पढेका उनीहरु बिंस २०७० सालमा कामको खोजीमा काठमाडौ हाम फाले। उनीहरु बनस्थलीमा एक सोफा फर्निचर उधोगमा काम पाए।

अरुको अधिनमा बसेर काम गर्दाको पिडा र संघर्ष सुन्दा जिउँ सिरिङ भएर आउँछ । रोमन भन्छन – मासिक ३ हजार देखी ५ हजार सम्ममा बिहान ६:०० बजे देखी मध्यरातको १२ सम्म काम गर्नु पर्थ्यो । कहिलेकाही त २१ घन्टा सम्म काम गर्नु परेको बताउछन।

राम्रो संगा कामाउने र परिवार पाल्ने चाहना सबैको हुन्छ तर उचित पारिश्रमिक नपाएपछि बिदेश जाने सम्मेत इच्छा जगाए। संजय भन्छन पासपोर्ट बनाए मेनपावर समेत धाए । लेवर कामकै लागी १५ देखि २० हजार तलबमा वैदेशिक भुमिमा काम गर्नु भन्दा नेपालमै संघर्ष गर्छु भनेर बिदेश जाने लागत रकम ३ जनाले जम्मा गरेर पुर्वको इटहरी शहरलाई रोजे।

७ बर्ष अरुकोमा काम गरेर सिकेको सिप र अनुभव बटुल्दै २ बर्ष अघि ६ लाख लगानी बाट सोफा हाउस इटहरीमा संचालन गरे। अरुको कारखानामा अनुभव बटुलेका ३ भाइले आफ्नै सोफा हाउस संचालन गरेर आफुहरु सहित १० जनालाई रोजगारी समेत दिएका छ्न।

स्थानिय इटहरीका व्यावसायी बाबुराम प्रधानले गोरखाबाट पुर्वको शहर इटहरीमा ब्यबसायिकरुपमा अघि बढेका युवाहरुको कामको प्रंशसा गर्दै नेपालमै केहि गर्न सकिने उदाहरण बनेको बताए । हाल देश राजनैतिक अवस्था , बन्द, हडताल, अबैज्ञानिक कर प्रणालीले व्यावसाय मारमा परेको हुँदा उद्धमीलाई राज्यले प्रोत्साहन गर्नु पर्ने बताए।

उनीहरुले संचालन गरेको सोफा हाउस इटहरी उपमहानगरपालिका वडा -६ कलकी चौकमा रहेको छ। आकर्षक डिजाइनमा सोफा, बेड , दराज, डाइनिङ, फोल्डिङ सोफा लगायत पाउनुका साथै होमडेलिभरीको समेत सुविधा रहेको छ।

उनिहरु आफ्नै कारखाना खोलेर आफै उत्पादन गरी धरान, बिराटनगर, झापा सम्म पुर्याउने गरेको छ।

गर्न सके नेपालमै सुन फलाउन सकिन्छ। जसका ज्वलत उदाहरण हुन रोमन , संजय र ईश्वर । सानै उमेरमा भोगेको भोगाइबाट अनुवभ बटुल्दै ब्यब्सायिक रुपमा उनिहरु सन्तुष्ट छन । यिनिहरुबाट समेत प्रेरणाको पाठ सिक्न जरुरी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *