समानुपातिकमा २० लाख मत गणना: रास्वपा अगाडि, कुन दलले कति पाए ?
काठमाडौं । समानुपातिकतर्फ हालसम्म २० लाख ३९ हजार ५४३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा देखिएको छ। प्रत्यक्षतर्फ उल्लेख्य मत प्राप्त गरेको रास्वपाले समानुपातिकतर्फ पनि उल्लेखनीय अग्रता कायम गरेको हो।
हालसम्मको गणना अनुसार रास्वपाले ११ लाख १ हजार ५२५ मत प्राप्त गरेको छ, जुन कुल गणना भएको मतको करिब ५४ प्रतिशत हो।
दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले ३ लाख ६२ हजार ४२० मत प्राप्त गर्दै करिब १७.८ प्रतिशत मत पाएको छ। तेस्रो स्थानमा नेकपा एमाले रहेको छ, जसले २ लाख ९१ हजार १५१ मत अर्थात् करिब १४.३ प्रतिशत मत प्राप्त गरेको छ।




