कामधेनु दुग्ध विकास सहकारीद्वारा विभिन्न सेवा तथा सामग्री आपूर्तिका लागि दरभाउ आह्वान
इटहरी। कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेड, इटहरी उपमहानगरपालिका–१, आँपगाछी, सुनसरीले दुग्ध कारखाना सञ्चालनका लागि आर्थिक वर्ष २०८३/०८४ मा आवश्यक विभिन्न सामग्री तथा सेवाहरू आपूर्तिका लागि दरभाउसहित सूचीकृत हुन इच्छुक फर्म तथा संस्थासँग आवेदन आह्वान गरेको छ।
सहकारीले यसअघि प्रकाशित सूचना अनुसार १५ दिनभित्र आवश्यक कागजातसहित संस्थाले उपलब्ध गराएको फाराम भरी आवेदन पेश गर्न अनुरोध गरेको जनाएको छ।
सूचीकृत गरिने सेवा तथा सामग्रीमा कम्प्युटर, प्रिन्टर तथा फोटोकपी मेसिन मर्मत, नेटवर्किङ, विज्ञापन सेवा (स्ट्याण्ड तथा होर्डिङ बोर्ड), सुरक्षा गार्ड, इलेक्ट्रिकल सामग्री, मसलन्द छपाइ, जेनेरेटर तथा ब्वायलर मर्मत, कारखाना मेसिनरी मर्मत, सवारी साधन मर्मत, इन्धन, विभिन्न केमिकल, पञ्जा, जुत्ता, गमबुट, एप्रोन, मास्क, प्याकेजिङ सामग्री, चिनी, नुन, पशु औषधि, पशु दाना, भाडाका सवारी साधन तथा चामल र खाने तेललगायतका सामग्री समावेश छन्।
इच्छुक फर्म तथा कम्पनीले कर चुक्ता प्रमाणपत्र, भ्याट/प्यान दर्ता, कम्पनी प्रोफाइल, अनुभव, बैंक खाता विवरण तथा प्रमुख ग्राहकहरूको विवरणसहित आवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ। आवेदन फाराम सहकारीको इटहरी–१ स्थित कार्यालयबाट रु. १५० दस्तुर तिरी प्राप्त गर्न सकिने जनाइएको छ।
