विराटचोकमा ‘लोक मेडिकल हल, क्लिनिक एण्ड ल्याब’ सञ्चालनमा, उद्घाटनसँगै आकर्षक स्वास्थ्य अफर सार्वजनिक
एलएन गच्छदार
विराटचोक, मोरङ।
मोरङको सुन्दरहरैँचा–१०, विराटचोकमा अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ ‘लोक मेडिकल हल, क्लिनिक एण्ड ल्याब’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। संस्थाको उद्घाटन सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले गर्नुभएको हो।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष कार्कीले स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुनु सकारात्मक उपलब्धि भएको उल्लेख गर्दै यस्ता संस्थाले नागरिकलाई सहज, भरपर्दो र समयमै उपचार सेवा प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
मेडिकल हल तथा क्लिनिकका सञ्चालक कविता कुमारी साहका अनुसार यहाँ विशेषज्ञ चिकित्सकको परामर्श, आधुनिक प्रयोगशाला (ल्याब) सेवा, नियमित स्वास्थ्य परीक्षण तथा फार्मेसी सेवा एउटै छानामुनि उपलब्ध हुनेछ।
उहाँले उद्घाटनको अवसरमा साउन महिनाभर विशेष छुट योजना लागू गरिएको जानकारी दिँदै भिटामिन D, भिटामिन B12 तथा थाइराइड फङ्सन टेस्ट (TFT) मा ५० प्रतिशत छुट प्रदान गरिने बताउनुभयो। साथै, ब्लड सुगर (RBS) परीक्षण मात्र रु. १० मा उपलब्ध गराइने र अन्य सामान्य प्रयोगशाला परीक्षणहरूमा पनि ५० प्रतिशतसम्म छुट दिइने जानकारी दिनुभयो।
क्लिनिकमा बिहान र बेलुका वरिष्ठ एमबीबीएस चिकित्सकबाट नियमित ओपीडी सेवा सञ्चालन हुनेछ। प्रत्येक महिनाको दोस्रो शनिबार डा. श्रीराम साहबाट नवजात तथा बालरोगसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।
त्यसैगरी, डिजिटल एक्स–रे, हाडजोर्नी तथा नसा रोग, मुटुरोग, स्त्री तथा प्रसूति रोग, बालरोग, जनरल फिजिसियन, छाला तथा यौन रोगलगायतका विशेषज्ञ चिकित्सकबाट निश्चित दिनमा सेवा प्रदान गरिनेछ। अत्याधुनिक ल्याबमार्फत विभिन्न प्रकारका स्वास्थ्य परीक्षणहरू छिटो, विश्वसनीय र उचित शुल्कमा उपलब्ध हुने संस्थाले जनाएको छ।
स्थानीय नागरिकलाई गुणस्तरीय, सहज, भरपर्दो र सुलभ स्वास्थ्य सेवा आफ्नै क्षेत्रमा उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालनमा आएको लोक मेडिकल हल, क्लिनिक एण्ड ल्याबले उद्घाटनसँगै ल्याएको विशेष छुट योजनाले सेवाग्राहीलाई थप राहत पुग्ने अपेक्षा गरिएको छ।
