विधार्थीमाथि यातना, लगाएको लुगा च्यातेर शिक्षकले नै लुकाए, पीडीत बालिका त्रसित
सुनसरी
२०८२, चैत ८ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ९ बबियाको सरस्वती माध्यमिक विधालयका शिक्षक श्यामप्रसाद साहले चैत ४ गते एक बालिकालाई शारिरिक यातना र कुटपिट गर्नुभएको छ । शिक्षक साहले सरस्वती माध्यमिक विधालयमा कक्षा ८ मा अध्ययनरत्त बालिका इनरुवा ९ निवासी १२ वर्षीया कौशल्या यादवलाई चैत ४ गते विद्यालयको खेलमैदान सरसफाई नगरेको भन्दै गालीगलौज गरी मानसिक यताना र लठीले कुटपीट गरेर पोशाक समेत च्यातिदिएको समाचार बाहिर आएको छ । चैत ५ गते विहीबारका लागि बोलाईएइको अभिभावक भेला लक्ष्ति विद्यालयको खेल मैदान सरसफाई गर्न भनेको र केही मात्रै गरेर उभिएको बेला चैत ४ गते दिउसो गालीगलौज गरी यताना र लठीले कुटपीट गर्दा पोशाक च्यातिएको पीडित बालिकाले बताउनुभयो ।पीडित बालिकालाई अश्लिल गालीगलौज समेत गरेको र फोहोर टिप्दा ढाड दुखेको भन्दा शिक्षक शाहले बहाना देखाउने भनी लठीले कुटपीट गरेर पोशाक(सर्ट) च्यातिदिनुभएको अभिभावक बुवा नागेश्वर यादवले गुनासो गर्नुभयो । बुधबार प्रधानाध्यापक उमेश प्रसाद यादव र पीडक शिक्षक साहले घरमा कोही कसैलाई नभन्नु भन्दै धाकधम्की दिएको र अर्काे पुरानो सर्ट ल्याएर घर पठाउनुभएको यादवको भनाई छ । पीडित बालिका त्रासका कारणले विद्यालय जान मान्नुभएको छैन भने अभिभावक यादवले विहीबारको अभिभावक भेलामा आफ्नी छोरीको च्यातिएको कपडा माग्नुभएको छ । शिक्षकहरुले घटनालाई थामथुम पार्न र गल्ती लुकाउन कपडा लुकाएको यादवको कथन रहेको छ । घटना भएपछि अभिभावकलाई जानकारी समेत नदिई उल्टै बालिकालाई डरत्रास देखाएर घरमा नभन्न दबाव दिएको थियो । घटनामा संलग्न शिक्षक श्यामप्रसाद साहले यादवलाई मात्रै नभई कक्षा ८ देखी १२ सम्मका बालिकाहरुलाई मानसिक तथा शारिरिक यातना दिदै आएको विधार्थीहरुले गुनासो गरेका छन् । यातना र कुटपिट गरी लुगा च्यातेर लुकाएको विषयमा शिक्षक साहले बोल्न मान्नुभएको छैन भने प्रधानाध्यापक उमेश प्रसाद यादव पीडक शिक्षक साहले बालिकालाई यातना र कुटपीट नभई लठीले काम गर भन्दा सर्ट च्यातिएकाले अर्को कपडा दिएको प्रतिकृया दिनुभयो । स्थानीय अभिभावकहरुले विद्यालयमा पढ्न पठाएको बालबालिकाहरु माथि यातना, श्रमशोषण र शारिरिक तथा मानसिक यातनाले बालबालिकाहरुको मनोविज्ञानमा असर र त्रास भएकाले पीडक शिक्षकलाई कार्वाहीको माग गरेका छन । बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिने शिक्षक विरुद्ध वडामा र विद्यालयमा मौखिक उजुरी गरेको अभिभावक यादवले प्रतिकृया दिनुभयो ।
अभिभावक ग्यासुदिन अंसारीले विधालयमा कुनै पनि बाहानामा यातना र कुटपीट गर्न नपाइने भन्दै घटनाको छानविन गरेर दोषी माथि कार्वाही गर्नुपर्ने माग गर्नुभएको छ ।
कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरुलाई कक्षा ५ सम्म दिएको निशुल्क खानेकुरा (खाजा) नदिएको आरोप र दुव्र्यवहारको गुनासो आईरहेको बेला शिक्षक साहले स्कुलमा पढाउने भन्दा सरसफाइ गराउने नाममा शारीरिक तथा मानसिक यातना दिनुभएको अभिभावक सदरथ यादवले बताउनुभयो ।
शिक्षक साह माथि बालबालिका सम्बन्धी कसूर अन्तर्गत कार्वाही हुनुपर्ने अधिकारकर्मीहरुले बताएका छन् । अनुशासन आत्मविश्वास र आत्म सम्मानलाई प्रसय दिने खालको र बालापनसँग मिल्दो गरी सम्झाउने र बुझाउन जरुरी रहेकोमा शिक्षकबाटै विधार्थी कुटिनु र असुरक्षित हुनु दुखद पक्ष भएको अधिकारकर्मी नेहा यादवले बताउनुभयो ।
के छ कानुनी व्यवस्था ः कानुनले भनेकोछ , “शिक्षक, बाबुआमा, पालनपोषण कर्ता जो कोहीले पनी हुनै पनि प्रकृतिको शारीरिक वा मानसिक दण्ड सजाय दिन पाइँदैन । यस्तो अवस्थामा कानुनी कार्वाही र क्षतिपूर्ति बालबालिकाले पाउने व्यवस्था छ । ”
“नेपालको संविधानले बालअधिकार र बाल संरक्षणको सम्बन्धमा धारा ३९ को बालबालिकाको हक सम्बन्धी १० वटा बुँदाहरु उल्लेख गरेको छ । त्यसको ७ नम्बर उपधारमा कुनै पनि बालबालिकाले घर परिवार, विद्यालय वा जुनसुकै स्थानमा मानसिक, शारीरिक यातना तथा सजाय दिन पाईने छैन भनी प्रष्ट पारेको छ । नेपालको संविधान अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार नै बाल अधिकारको संरक्षण र प्रवद्र्धनको निम्ति बालबालिका सम्बन्धी ऐन २०७५ जारी भएको छ । बालबालिका माथि हुने मानिसक र शारीरिक यातना, दण्ड सजाय दिनेलाई कानुनी कार्वाही गर्ने भनी बालबालिकासम्बन्धी ऐनको परिच्छेद ८ को बालबालिका विरुद्ध कसुर मानी ८० हजार रुपियाँ जरिवाना र चारवर्षसम्म कैदको समेत व्यवस्था गरेको छ । ”
बालबालिका माथि हुने दण्ड सजायको न्यूनिकरणको लागि घर परिवार, विद्यालय, बालगृह, छात्रावास, बाटोघाटोमा हिड्दा बस्दा अभिभावकले विशेष चासो र सजगता अपनाउनु पर्छ भने वयस्कहरुले आफु पनि बालबालिकामाथि दण्ड सजाय यातना नदिने आफूले जानेको कुरा अरुलाई बताउने, दण्ड सजाय विरुद्धका घटनाहरु थाहा पाउदा, देख्दा नेपाल प्रहरी, बाल हेल्पलाइन, स्थानीय तह, मानवअधिकार आयोग, राष्ट्रिय बालअधिकार परिषद लगायतको कार्यालयमा जानकारी तथा उजुरी दिने र दिन प्रोत्साहित गर्न हामी सबैको जिम्मेवारी हो ।
