सुन्दरपुर साना किसान सहकारीको २९औँ वार्षिक साधारण सभा सम्पन्न

सुन्दरहरैंचा / मङ्सिर २६ गते
मोरङको सुन्दरहरैंचा नगरपालिका–६ स्थित साना किसान कृषि सहकारी संस्था लि. सुन्दरपुरले आफ्नो २९औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा संचालक समितिका तर्फबाट आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, प्रगति विवरण तथा आगामी वर्षको कार्ययोजना सहकारीका प्रबन्धक शोभालाल चौधरीले प्रस्तुत गरे।
त्यसैगरी, सहकारीका संचालक सदस्य डण्डबहादुर खड्काले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए भने गोबिन्द केसीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजकका रूपमा सार्वजनिक गरेका थिए। सहकारीका अध्यक्ष अरुण सुबेदीले संस्थाको समग्र गतिविधि, उपलब्धि र आगामी मार्गचित्रबारे प्रकाश पारे।
साधारण सभाको उद्घाटन सुन्दरहरैंचा नगरपालिका वडा -६ का अध्यक्ष सन्तोष लिंदेनले गरे। उनले सहकारीहरूले स्थानीय आर्थिक सबलीकरणमा पु¥याइरहेको योगदानको प्रशंसा गर्दै पारदर्शिता, आत्मानुशासन र सदस्य–केन्द्रित सेवामा अझ सुदृढ हुन आग्रह गरे।
कार्यक्रममा ज्येष्ठ नागरिक शेयर सदस्य सम्मान, उत्कृष्ट समूह सम्मान, उत्कृष्ट अन्तर–समूह सम्मान, तथा उत्कृष्ट व्यावसायिक परियोजना सम्मान प्रदान गरिएको थियो। सहकारीका उत्कृष्ट कार्यसम्पादनकर्तालाई सम्मानले थप प्रेरणा मिल्ने वक्ताहरूको भनाइ थियो।
साधारण सभामा सहकारीका पदाधिकारी, सदस्य, स्थानीय प्रतिनिधि तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *