नोबेल मेडिकल कलेजका गौरव सिंह साउद एम. बी. बी. एस. मा के यू कै उत्कृष्ठ
नोबेल मेडिकल कलेजका गौरव सिंह साउद एम. बी. बी. एस. मा के यू कै उत्कृष्ठ
काठमाडौं । काठमाडौं विश्वविद्यालय अन्तर्गतको एम. बी बी. एस. कार्यक्रममा सवै भन्दा उत्कृष्ठ नतिजा ल्याएर नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका गौरव सिंह साउद स्वर्ण पदक विजेता भएका छन् । हिजो मिति २०८२ मंसिर २४ गते सम्पन्न काठमाडौं विश्वविद्यालयको ३१औं दिक्षान्त समारोहमा उनलाई उपकुलति स्वर्ण पदक प्रदान गरिएको हो ।
सन् २०१८ ब्याचका डा. गौरव सिंह साउदले ८५.४७ प्रतिशत सहित काठमाडौं विश्वविद्यालय अन्तर्गतका सवै मेडिकल कलेजहरुमध्ये सवैभन्दा उत्कृष्ठ नतिजा ल्याएका थिए । दिक्षान्त समारोहमा काठमाडौं विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री सम्माननीय सुशिला कार्की तथा उपकुलपति प्रा. डा. अच्युत प्रसाद वाग्लेले उनलाई डिग्री तथा उपकुलपति स्वर्ण पदक प्रदान गर्नु भएको थियो । काठमाडौं विश्वविद्यालयले बार्षिक दुई चरणमा गर्न थालेको दिक्षान्त समारोहमा यो वर्षको पहिलो दिक्षान्त समारोहमा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलबाट एम. डी. एम. एस. तर्फ ७ जना, एम. बी. बी. एस. तर्फ ६६ जना र बी. डी. एस. तर्फ ८ जना दिक्षित भएका छन् । नोबेलमा पहिलो पटक सुरु भएको मास्टर्स इन मेडिकल रिसर्चका ४ जना विद्यार्थीहरु पनि सत् प्रतिशत नतिजासहित दिक्षित भएका छन् ।
यस अघि पनि नोवेलका विद्यार्थीहरुले उत्कृष्ठ नतिजासहित एम. बी. बी. एस. कार्यक्रममा उपकुलपति स्वर्ण पदक हाँसिल गर्न सफल भई सकेको छन् ।
