बुद्ध जयन्तीको अवसरमा जेसीआई इन्द्रपुरद्वारा मुसहर बस्तीमा चार घरको शिलान्यास

 


बुद्ध जयन्तीको अवसरमा जेसीआई इन्द्रपुरद्वारा मुसहर बस्तीमा चार घरको शिलान्यास

मोरङ, सुन्दरहरैँचा — बुद्ध जयन्तीको अवसर पारेर जेसीआई इन्द्रपुरले मोरङको सुन्दरहरैँचा नगरपालिका–१ स्थित बानडाडाका विपन्न मुसहर बस्तीमा चारवटा घरको एकै साथ शिलान्यास गरेको छ।

“जेसीज भिलेज” नाम दिइएको यस अभियान अन्तर्गत दीर्घकालीन रूपमा सञ्चालन गरिने परियोजनाको सुरुआत स्वरूप उक्त घरहरूको निर्माण दुई महिनाभित्र सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिने संस्थाका अध्यक्ष जेसी आकाश दुलालले जानकारी दिए।

सामाजिक उत्तरदायित्व अन्तर्गत अघि सारिएको यस अभियानले विपन्न परिवारलाई सुरक्षित, भरपर्दो र सम्मानजनक आवास उपलब्ध गराउने लक्ष्य लिएको छ।

जेसीआई इन्द्रपुरले नेतृत्व विकास, सामाजिक कार्य तथा युवा सशक्तिकरणका क्षेत्रमा लामो समयदेखि सक्रियता देखाउँदै आएको छ। संगठनको यो प्रयासले स्थानीय स्तरमा सामाजिक न्याय र समावेशी विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *