चौथो राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता तथा ५ औं मिस्टर काठमाडौँ प्रकाश राई मेमोरियल फिडे ब्लिच रेटिङ चेस टुर्नामेन्ट -२०८१ संञ्चालन

पथरी शनिश्चरेमा यही चैत्र २७ गतेदेखि ४ दिन सहिद रत्न कुमार बान्तवा चौथो राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता तथा ५ औं मिस्टर काठमाडौँ प्रकाश राई मेमोरियल फिडे ब्लिच रेटिङ चेस टुर्नामेन्ट -२०८१ संञ्चालन हुँदै

पथरी शनिश्चरे समाचारदाता, चैत्र -१७ गते

मोरङ्गको पथरी शनिश्चरेमा सहिद रत्न कुमार बान्तवा चौथो राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता -२०८१ तथा पाँचौं मिस्टर काठमाडौँ प्रकाश राई मेमोरियल फिडे ब्लिच रेटिङ चेस्ट टुर्नामेन्ट २०८१ यही चैत्र २७ गतेदेखि ४ दिन संचालन हुने भएको छ।
आज सिनभिलेज पार्टी प्यालेसमा आयोजित एक पत्रकार सम्मेलनमार्फत सो कुरा जानकारी गराईएको हो।
सृजनाशील र स्वस्थ्य दिमागको लागि बुद्धिचाल भन्ने मूल नाराका साथ आयोजित पत्रकार सम्मेलनमा फ्रेन्डसिप चेस क्लब पथरी शनिश्चरे -०१ का सचिव लोक सागर साम्बाले यो खेलको माध्यमबाट यस पथरी शनिश्चरे नगरपालिकालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमै चिनाउने खेलाडीहरूलाई सम्मान तथा अभिनन्दन गर्ने उद्देश्यका साथ यस किसिमको बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँले स्वीस लिग अनुसार खेल खेलाइने भन्दै उक्त ४ दिने प्रतियोगिता पथरी शनिश्चरे वडा नं २ कै सिन भिलेज पार्टी प्यालेसमा सञ्चालन गरिनेछ। उक्त सहिद रत्न कुमार बान्तवा चौथो राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता राष्ट्रिय स्तरका आर्बिटर निर्णायकहरूको सहभागितामा सञ्चालन गरिने बताउँदै खेलका प्रमुख आर्बिटर डम्बर वाच्छना राईले ‘ यस प्रतियोगितामा वर्तमान नेपाल च्याम्पियन रुपेश जयसवाल र सिन्दिरा जोशी लगायतका पूर्व नेपाल च्याम्पियनहरू बद्रीलाल नेपाली, नवीन तण्डुकार , राजन सुवेदी, पुरुषोत्तम चम्लागाईं, लगायत २ सय बढी खेलाडीहरूको सहभागिता रहने जनाइएको छ।
प्रतियोगितामा प्रथम , द्वितीय तृतीय स्थान हासिल गर्ने खेलाडीलाई क्रमश : ५१ हजार, ३५ हजार, २५ हजार सहित विभिन्न ६० वटा विधागत पुरस्कारहरू प्रदान गरिने आयोजकले जनाएको छ। पुरस्कारको लागि मात्रै ३ लाख ७५ हजार छुट्याइएको छ । प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन हाल हङकङ बस्दै आएका दिल शाक्यले गरेका हुन्।
त्यसैगरी, सोही प्रतियोगिता सञ्चालन भइरहँदा पाँचौं मिस्टर काठमाडौँ प्रकाश राई मेमोरियल ब्लिच टुर्नामेन्टको प्रथम, दोस्रो, तेस्रो , चौथो, पाचौ स्थानसम्म क्रमश: १० हजार, ७ हजार, ५ हजार, ४ हजार, ३ हजार रूपैयाँ पुरस्कृत गरिनेछ भने ६ देखि १०औँ स्थानसम्मका खेलाडीहरूलाई दुई हजारका दरले प्रस्तुत गरिने आयोजकले जनाएको छ। उक्त टुर्नामेन्टका लागि पुरस्कारहरूको प्रायोजन भने हङकङ निवासी मनु साम्पाङ राई र पाँचौं मिस्टर काठमाडौँ स्वर्गीय प्रकाश राईका परिवार ले सहयोग गर्नुभएको छ।
यि दुवै प्रतियोगिताको अनुमानित आय-व्यय १२ लाख ७५ हजार रूपैयाँ रहने आयोजक समितिका अध्यक्ष धनराज राई (अमिर)ले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *