सुन्दरहरैंचामा नेशनल प्याब्सनद्वारा चित्रकला कार्यशाला सम्पन्न

एलएन गच्छदार

सुन्दरहरैंचा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल (नेशनल प्याब्सन) नगरकार्यसमिति सुन्दरहरैंचाले शुक्रबार सप्तकोशी शिक्षा सदन, बिराटचोकमा चित्रकला कार्यशाला सम्पन्न गरेको छ।

कार्यक्रममा नगरअन्तर्गत रहेका ५ विद्यालयका ४५ जना विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए। कार्यक्रममा विभिन्न कला अभिव्यक्तिहरू प्रस्तुत गर्दै विद्यार्थीहरूले आफ्नो सिर्जनात्मकता प्रदर्शन गरेका थिए।

कार्यक्रम नगर नेशनल प्याब्सनका अध्यक्ष खगेन्द्र धिमालको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि नेशनल प्याब्सन कोशी प्रदेश सहसचिव कमल खनालले विद्यार्थीहरूलाई सिर्जनात्मक प्रतिभा विकासमा निरन्तर सक्रिय रहन आग्रह गर्दै भने, “यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको लुकेका सीप उजागर गर्न महत्वपूर्ण भूमिका खेल्छन्।”

समापन गर्दै अध्यक्ष धिमालले विद्यालयहरूले विद्यार्थीको समग्र विकासका लागि चित्रकला जस्ता अतिरिक्त गतिविधिमा ध्यान दिनु आवश्यक रहेको धारणा राखे। साथै उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

सो अवसरमा कार्यशालामा सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र तथा स्मृतिचिन्ह प्रदान गरिएको थियो।

कार्यक्रमका संयोजक भिम अधिकारीले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद दिँदै भने, “विद्यार्थीहरूको क्षमता उजागर गर्नका लागि नेशनल प्याब्सन सधैं तत्पर रहनेछ।”

कार्यक्रममा बिभिन्न सहभागी विधालयका प्रिन्सिपल, शिक्षक तथा बिधार्थीकोको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *